समाचारविचार

AKGB ? समय बलवान हुँदो रहेछ

AKGB ? समय बलवान हुँदो रहेछ ,करिब २०४८ देखि २०५८ सम्म गिरिजा प्रसाद को किचेन क्याबिनेटमा काँग्रेस को नेतृत्वमा AKGB को नामले चिनिने नुवाकोटका अर्जुन नरसिंह केसी ,दाङ का खुम बहादुर खड्का ,तनहुँका गोविन्द राज जोशी ,सुनसरीमा जन्मेर पनि मोरङ कोइराला परिवार मै आफ्नो कर्मथलो बनाएका विजय कुमार गच्छदारले जबरजस्त मेची देखि महाकाली सम्म प्रभाव पारेकै हुन ।गिरिजा प्रसाद कोइराला का इ ४ हस्तिहरू नै मुख्य सल्लाहकार को भूमिका मा थिए ।
तर समय बलवान् नै हुदोरहेछ ,संसदीय कमिटीमा (टिकट दिने कमिटी ) सुशील कोइरालाको सल्लाहमा गिरिजा प्रसाद कोइराला ले खुम बहादुर खड्का लाई हटाए पछि खड्का कोइराला सङ्ग टाढिन पुगे र देउवा लाई साथ दिई अन्तत पार्टीनै विभाजित भयो ,खुम बहादुर खड्का पार्टी फोड्ने अभियान मा नलागेको भय ,गिरिजाप्रसाद कोइराला पश्चात् पार्टी सभापति र प्रधानमन्त्री हुने हैसियत राख्ने बेक्ती हुन ,कार्यकर्ता माझ सजिलै भिज्न सक्ने र कार्यकर्ता लाई संरक्षण गर्ने शैलीले उनी ७५ जिल्ला मै कार्यकर्ताको मन पर्ने नेता थिए उनी ।अन्ततः सम्पत्ति शुद्धीकरणको मुद्दा बेहोर्दै अन्ततः उन्को मृत्यु भई सकेको अवस्था हो अहिले ।दाङमा विकास प्रेमी नेताको रूपमा खुम बहादुर खड्का लाई लिने गरिन्छ ।

विजय गच्छदार आँटिलो  व्यक्ति  हुन ,२०३९-२०४० तिर उनी मोरङ क्याम्पसको नेबिसङ्ग को स्वबियु सभापति थिए उनी।कोइराला परिवारको आशीर्वाद ,उनकै छत्र छाया मा हुर्केका गच्छदार को त्यो समयमा विराटनगर मा दबदबा नै थियो ,उनीलाई  विद्यार्थी राजनीतिमा सहयोग गर्ने सप्तरीका जय प्रकाश गुप्ता ।गुप्ता स्वबियु सचिव थिए ,विजय गच्छदार को आट ,र जेपि गुप्ताको दिमाग भन्ने उखानै थियो त्यो बेला ,बहुदल पछि काँग्रेस मा प्रशस्त मौका पाए यिनीले ,देउवा लाई पार्टी खोल्न मद्दत गर्ने यिनी पनि हुन तर पछि मधेस आन्दोलन ले इन्लाइ मधेसको नेता बनायो ,फोरम पार्टीको नेता बने ,चुनाव जित्दै गए अन्त्यमा काँग्रेस मा भित्रिए,धेरै पटक मन्त्री हुने र लगातार चुनाव जित्ने बेक्ती हुन गच्छदार ।अन्ततः बालुवाटार जग्गा प्रकरण मा मुद्दा खेपी रहेका छन् इन्ले ,सांसद बाट समेत निलम्बन मा छन् यिनी ।

गोविन्द राज जोशीले २०३५ मा तनहुँ मा रामचन्द्र पौडेल लाई जिल्ला कमिटीको सदस्य बनाएका थिए ,तनहुँमा काँग्रेसको सङ्गठनमा धेरै रगत पसिना बगाएका बेक्ती हुन जोशी ,जोसिला र आँटिला स्वभाव का जोशी साम ,दाम,दण्ड,भेद सबै प्रयोग गर्न माहिर थिए ।तनहुँ मा रामचन्द्र पौडेल भन्दा पनि जोशी पपुलर छन् ,२०२२ सालमा गण्डकी छात्र सङ्गठन को अध्यक्ष बाट राजनीति सुरु गरेका जोशी अनेकौँ पटक मन्त्री भय पनि ,तर अहिले उन्लाइ पौडेल लाई चुनाव मा सहयोग न गरेको आरोपमा पौडेलकै सिफारिस मा जोशी लाई काँग्रेस बाटै ५ बर्सको लागि निष्कासन गरिएको छ यैले ।जसले काँग्रेस लाई हुर्कायो ,तनहुँ मा मल जल गर्‍यो उस्लाइ कारबाही भन्दै जोशी ले उक्त कारबाही स्विकारेको अवस्था छैन ।
 
अर्जुन नरसिंह केसी विद्यार्थी राजनीति बाट आयका चतुर बेक्ती हुन ,नुवाकोट देखि गोगबु सम्म यो परिवारको पारिवारिक वर्चस्व रहेको छ ।परिवारमा सातै भाइको काँग्रेस राजनीतिमा चासो ,एक अर्कामा सहयोग गर्ने परिपाटी छ ,केसी गिरिजाप्रसाद को पालामा कैयौँ पटक मन्त्री भय ,भाइ जगदिस नुवाकोट को पार्टी सभापति छन् ,डा,केदार नरसिंह केसी महाधिवेशन प्रतिनिधि छन् २०६२-२०६३ को आन्दोलन गोंग्गबू  एरियामा उत्कर्ष मा पुराउन यो परिवारको ठुलै भूमिका थियो ,केसी को घरमा पुलिसले फायर पनि गरेको थियो ,देउवा क्याम्प बाट तेर्हौ महाधिवेशन मा महामन्त्री उठेका केसी हार पछि देउवा लाई धोकेबाज भन्दै अहिले देउवा हराऊ अभियान मा छन् केसी ।राजनीतिमा समय बलवान् हो कस्लाइ कहाँ समयले पुराउँछ ,थाहै हुदोरहेनछ ।
बिष्णु शर्माको फेसबुकवाल बाट (बसी बियाँलो -२०७७-४-१४ बागडोल ललितपुर )

nema
Show More

Related Articles

Check Also
Close
  • live video

Back to top button