राष्ट्रिय जीवनमा बिपी कोइरालाको स्थान –विश्वराज ढुङ्गाना
परित्राणाय साधूनाम् विनाशाय च दुष्कृताम् ।
धर्म संस्थापनार्थाय सम्भवामि युगे युगे ।।
(श्रीमद्भगवद्गीता, अध्याय–४, श्लोक– ८)
श्रीमद्भगवद्गीतामा अर्जुनलाई न्यायका लागि युद्धमा सरिक हुन उत्प्रेरित गर्दै भगवान् श्रीकृष्ण भन्नुहुन्छ, ‘सज्जनको संरक्षण र दुष्टको दमन गर्न समाजमा समयसमयमा म (लोककल्याणकारी शक्ति) अस्तित्वमा आउ“छु ।’
अत्याचारीहरूबाट लोकलाई जोगाउन लोकोपकारी व्यक्तिहरू इतिहासको लामो कालखण्डमा समयसमयमा जन्म लिन्छन् र आफ्नो दायित्व निर्वाह गर्छन् । नेपालको परिप्रेक्ष्यमा विश्लेषण गर्दा हिन्दुस्तानलाई पूरै कब्जामा राखेको अङ्ग्रेजले नेपालमाथि आ“खा गाड्न थालेको अवस्थामा नेपालको स्वतन्त्रता जोगाउने अभिभारा पृथ्वीनारायण शाहले लिन्छन् र राष्ट्रनिर्माताको गौरव प्राप्त गर्छन् । पछिल्लो कालखण्डमा नेपालको स्वतन्त्रता जोगाउन मुख्तियार (प्रधानमन्त्री) भीमसेन थापाको योगदान कदरयोग्य मानिन्छ । उनीपछि पुनः अस्तव्यस्त हुनपुगेको नेपाललाई साहस, धुत्र्याइ“ र कूटनीतिले सम्हाल्ने जङ्गबहादुर राणाले निहित स्वार्थले प्रेरित भई पारिवारिक उत्तराधिकारमा शासन चलाउन पाउने व्यवस्था गरेपछि उनको महानता कलङ्कित हुन्छ । तिनै जङ्गबहादुरका भाइभतिजा खलकको क्रूर चरित्रको जहानिया“ शासन नेपाली जनताको भलाइमा भन्दा सत्ता जोगाउने षडयन्त्रमूलक गतिविधिमा मात्र केन्द्रित रहन्छ । आफ्ना विरोधीलाई दमन गरेर जनतालाई सबै किसिमको नागरिक अधिकारबाट वञ्चित गर्ने राणाहरूको स्वेच्छाचारी शासनबाट उन्मुक्ति चाहने विद्रोही युवा टङ्कप्रसाद आचार्यको नेतृत्वमा गठित ‘प्रजा परिषद्’ आफ्नो गतिविधि राम्ररी विस्तार गर्न नपाउ“दै कठोर दमनको शिकार बन्दछ । चारजना युवा शहीद बनाइन्छन् । अन्य धेरै तरुणहरू जेलनेलको कठोर यातना भोग्न बाध्य हुन्छन् । त्यसपछि राणाशासन जनजागरणको भूकम्पीय प्लेटमा आसीन हुन पुग्छ । जनाधिकार दमन गर्ने पाशविक शैलीले तत्कालीन शासकको अवश्यम्भावी पतनको दिशानिर्देश गर्दछ । त्यस घटनाले देशभरि राणाविरोधी सन्देश प्रवाह गर्छ । राणाको दरबारवरिपरि विद्रोहीको जन्म हुन थालेको अवस्थाले देशभित्र र बाहिर निकै ठूलो राजनीतिक तरङ्ग उत्पन्न हुन्छ ।
हिन्दुस्तानमा गान्धीजीको नेतृत्वमा स्वराज आन्दोलन उत्कर्षमा हुन्छ । हिन्दुस्तानका क्रान्तिकारीहरूस“ग सहभागी भई काम गरेका र तिनीहरूका निकट सम्पर्कमा रहेका बनारसमा पढ्ने नेपाली विद्यार्थीहरू आततायी राणाशासनबाट जनतालाई मुक्ति दिलाउने सङ्घर्षको अगुवाइ गर्न अग्रसर हुन्छन् । ती तरुणहरूमध्ये प्रमुख हुन्— विश्वेश्वरप्रसाद कोइराला अर्थात् बिपी कोइराला ।
बिपी कोइराला हिन्दुस्तानका आन्दोलनकारीहरूको सङ्गतमा परेर सं १९३० मा केही समय जेल परेबापत बनारसमा महात्मा गान्धी र नेहरूलाई अभिनन्दन गरिएको मञ्चमा सम्मानित हुन्छन् । त्यसबेलादेखि नै उनी गान्धीजीप्रति आस्थावान् बनेका हुन् । मानवको उद्धारको बाटो अन्ततोगत्वा गान्धीवादमै छ भन्नेमा उनलाई जीवनको उत्तराद्र्धकालमा पनि सन्देह रह“दैन । सं. १९४२ मा भारतीय समाजवादी पार्टीको सक्रिय सदस्य भएका कारण उनी पुनः हिन्दुस्तानको जेलमा थुनिन्छन् । जेलमा छ“दा उनको डा. राजेन्द्रप्रसाद, जयप्रकाश नारायण आदि शीर्षस्थ भारतीय नेताहरूस“ग मित्रता विकास हुन्छ । जेलबाट निस्केपछि उनलाई नेपालमा पनि राणाशासकको विरुद्ध क्रान्ति गर्ने आधार तयार हुन लागेको अनुभव हुन्छ । त्यसपछि उनी नेपालमा महाराजाधिराजको वैधानिक नायकत्वमा उत्तरदायी शासन स्थापना गर्ने उद्देश्यले हिन्दुस्तानमा रहेका नेपालीहरूलाई एउटा राजनीतिक सङ्गठन बनाउन भेला हुनका लागि ‘द सर्चलाइट’ पत्रिकामार्फत आह्वान गर्छन् । त्यही आह्वानपछि कलकत्तामा नेपाली राष्ट्रिय काङ्ग्रेस पार्टीको स्थापना हुन्छ । त्यस पार्टीको सभापति नेपालको जेलमा रहेका ‘प्रजापरिषद्’का अध्यक्ष टङ्कप्रसाद आचार्यलाई बनाइन्छ । बिपी कोइराला त्यस पार्टीको कार्यवाहक सभापति बनी काम गर्न थाल्छन् । त्यसपछि क्रान्तिका स्वप्नद्रष्टा कोइराला नेपालभित्र पार्टीको सङ्गठन बढाउन लागिपर्छन् । उनी अन्तर्राष्ट्रिय सम्पर्क बढाउन तथा सशस्त्र क्रान्तिका लागि हतियार जुटाउन म्यानमार (बर्मा) पनि पुग्छन् । वि.सं. २००४ मा भएको विराटनगरको मजदूर हडताललाई उनी नेपाली भूमिमा राणाविरोधी क्रान्तिको बीजारोपण गर्न उपयोग गर्छन् । उनको सुझबुझपूर्ण नेतृत्व जनमानसमा आत्मबल पैदा गर्न सफल हुन्छ । काठमाडौंमा पार्टीको सङ्गठन गर्न जा“दा पक्राउ परी २९ दिनको ऐतिहासिक अनशनपछि हिन्दुस्तानी नेताहरूको दबाबमा राणाशासकबाट जेलमुक्त गरिन्छन् । उनको अनशनले देशभित्र र बाहिर पनि राणाशासन हटाउन उनको नेतृत्वको अपरिहार्य प्रमाणित गर्दछ ।
नेपालबाट राणाशासन हटाउने लक्ष्य राखी हिन्दुस्तानमा खुलेको अर्को पार्टीस“ग पनि एकता गरी नेपाली काङ्ग्रेस पार्टी जन्माउन बिपी कोइरालाको प्रयासले सं. १९५०, अप्रिल ९ मा सार्थकता पाउ“छ । नेपाली काङ्ग्रेसले सं. १९५० को सेप्टेम्बर महिनामा विहारको बैरगनियामा भएको अधिवेशनपछि नेपालमा सशस्त्र क्रान्तिको बिगुल फुक्छ । पार्टीको सभापति एवम् क्रान्तिको डिक्टेटर पदमा मातृकाप्रसाद कोइराला स्थापित गरिए पनि क्रान्ति सम्पन्न गर्ने नेतृत्वदायी भूमिका बिपीकै का“धमा हुन्छ । सुवर्णशमशेरस“ग मिलेर उनी त्यो अभिभारा सफलतापूर्वक पूरा गर्छन् । दिल्लीमा हिन्दुस्तानका प्रधानमन्त्री जबाहरलाल नेहरूको अग्रसरतामा निर्वासित राजा श्री ५ त्रिभुवन, तत्कालीन प्रधानमन्त्री मोहनशमशेर ज.ब.रा. र काङ्ग्रेसको बीचमा क्रान्तिलाई टुङ्ग्याउने सम्झौता हु“दा बिपीको राय लिइ“दैन । नेपालको एक क्रान्तिकारी नायकलाई पर्दापछाडि राख्ने बैरगनियादेखि शुरु भएको कटुखेलले निरन्तरता पाउ“छ । २००७ साल पmागुन ७ गते शाही घोषणाद्वारा क्रान्तिले विश्राम पाएपछि गठित सरकारमा उनी गृहमन्त्री बनाइन्छन् । तत्कालीन तरल राजनीतिक अवस्थामा राणापक्षको विरोध, आफ्नै पार्टीका सभापतिको प्रत्यक्ष असहयोग र हिन्दुस्तानको दबाबबाट दिक्क भएर उनी मन्त्रीपदबाट राजीनामा गर्छन् । २००८ सालमा निर्वाचनद्वारा पार्टी सभापतिमा छानिएपछि उनी नेपाली काङ्ग्रेसका औपचारिक नेता बन्छन् । संविधानसभाको निर्वाचन हुनुपर्ने उनको अडानले अपेक्षित समर्थन नपाएपछि नेपाल अधिराज्यको संविधान, २०१५ अनुसार भएको आमनिर्वाचनपछि बिपी कोइरालाले प्रधानमन्त्री बन्ने अवसर पाउ“छन् । लगभग १७ महिनाको उनको प्रधानमन्त्रीत्व बहुपक्षीय रूपले सफल तथा चर्चायोग्य मानिन्छ । प्रधानमन्त्री पदमा कार्यरत रह“दा उनको उच्च अन्तर्राष्ट्रिय छवि प्रकाशमान हुन्छ, उनी लोकप्रिय हुन्छन् । तिनै बिपी कोइराला प्रधानमन्त्री भएकै अवस्थामा तत्कालीन महत्त्वाकाङ्क्षी राजा श्री ५ महेन्द्रबाट सैन्यबलद्वारा २०१७ साल पुस १ गते अपदस्थ गरिन्छन् । यसरी निःस्वार्थ भावले नेपालीको उन्नतिको कामना राख्ने व्यक्तित्व मात्र जेल पर्दैन, नेपालको भविष्य र लोकतन्त्र नै नजरबन्दमा पर्दछ ।
८ वर्ष लामो कारावासबाट मुक्त भएपछिको उनको अरू ८ वर्षको समय हिन्दुस्तानमा रहेर विविध राजनीतिक गतिविधिमा संलग्न भई बित्छ । उनी २०३३ साल पुस १६ गते एकता र मेलमिलापको नीति अवलम्बन गर्ने वक्तव्य जारी गरेर नेपाल प्रवेश गर्छन् । २०३६ सालमा विद्यार्थी आन्दोलनको राप, नेपाली जनतामा गुम्सिएको जागरणको ताप र बिपी कोइरालाको मेलमिलापको नीतिको प्रकाशमा परेर राजाबाट गरिएको जनमतसङ्ग्रहमा बहुदल पक्ष पराजित हुन्छ । पञ्चायत पक्षको कपटपूर्ण जितलाई स्वीकार गरेर उनी जनमतसङ्ग्रहजस्तो प्रजातान्त्रिक अभ्यासलाई मर्यादा गर्छन् । २०३९ साल साउन ६ गते जीवनलीला त्याग्नुपूर्व उनी नेपालमा एकता र मेलमिलापको नीतिलाई पार्टीको मूल एजेन्डा बनाउन अनवरत प्रयास गर्छन् ।
नेपालका एक क्रान्तिकारी, स्वप्नदर्शी, लोकतन्त्रका पुजारी, प्रजातान्त्रिक समाजवादका अनुयायी, संवैधानिक राजतन्त्रका प्रबल समर्थक तथा अविश्राम योद्धा बिपी कोइरालाको बहुआयामिक व्यक्तित्वको विश्लेषण गर्दै निम्न बु“दाहरूका आधारमा उनको जीवनदर्शन, सिद्धान्त दृष्टिकोण, चरित्र, व्यवहार र कार्यलाई निरूपण गरिन्छ—
पारिवारिक अवदानबाट संस्कारित विद्रोही
तत्कालीन समाजद्वारा ‘पिताजी’का रूपमा मर्यादित कृष्णप्रसाद कोइरालाको उदार एवम् आदर्श चरित्रले पुत्र बिपी कोइरालालाई प्रभाव पारेको छ । मर्यादित र व्यवस्थित पारिवारिक जीवन व्यतीत गरिरहेको अवस्थामा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरलाई गरीब नेपाली जनताको झुत्रो लुगाको चिनो पठाएको आरोपमा सपरिवार कठोर निर्वासनमा रहन बाध्य पारिएका पिताजीले कस्तै दुःखमा पनि आचार र दायित्व निर्वाह गरेर दिएको शिक्षा बालक बिपी कोइरालाको भावी चरित्र निर्माण गर्ने आधार बनेको हो । बिपीमा सुविधाभोगी जीवनभन्दा स्वाभिमानयुक्त कर्तव्यमुखी जीवन बा“च्नयोग्य हुन्छ भन्ने छाप परिवारकै कारणले परेको देखिन्छ । हिन्दुस्तानमा रह“दा भारतीय काङ्ग्रेसको सक्रिय सदस्य बनेका पिताजीबाट प्रेरणा पाएर उनी राजनीतिलाई कर्मक्षेत्र बनाउन उत्साहित भएका हुन् । नेपाल फर्केपछि जेलमा नै मृत्युवरण गरेका पिताजीको बलिदान उनमा विद्रोही सचेतना विनिर्माण गर्न सहयोगी बनेको परिलक्षित हुन्छ ।
क्रान्तिधर्मी व्यक्तित्व
२००३ सालमा विराटनगरको जुटमिलमा कार्यरत मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला आदिको अगुवाइमा मजदूरहरूद्वारा गरिएको हडतालको नेतृत्व बिपी कोइराला स्वयम् लिन्छन् । व्यापक जनताको समर्थन पाएको त्यो हडताल एक आन्दोलनमा रूपान्तरित हुन्छ । अनि स्वदेशमा पनि उनको नेतृत्व स्वीकारिने आधार तयार हुन्छ । हडताल साम्य भएपछि उनलाई पक्राउ गरी सैनिक नियन्त्रणमा अन्य साथीहरूसहित हि“डाएर काठमाडौं लगिन्छ । त्यो लामो यात्रा गर्दा उनी बाटामा भेट्न आएका गाउ“ले जनतामा जागरण पैदा गर्ने प्रयत्न गर्छन् । महात्मा गान्धीको साबरमतीदेखि दान्डीसम्मको यात्राले पैदा गरेको राजनीतिक तरङ्गको महत्त्व बुझेका बिपी कोइराला यात्राअवधिभरि भेट्न आएका जनतामा आत्मबल तथा विद्रोही संस्कार जागृत गर्न कुनै कसर बा“की राख्दैनन् ।
सङ्गठन गर्न लुकेर जा“दा बिपी काठमाडौंमा पक्राउ पर्छन् । कठोर बन्दीगृहमा बस्ने क्रममा अनशन बसेको कुरा उनले गुप्त रूपले बाहिर सूचना प्रवाह गर्न सफल हुन्छन् । फलस्वरूप हिन्दुस्तानी नेताहरूबाट उनलाई मुक्त गर्न राणाशासकलाई दबाब पर्छ र उनी जेलमुक्त हुन्छन् । उनको राणास“ग आमने सामने भएर टक्कर लिने साहसले विद्रोहीहरूको आत्मबल बढ्छ । प्राणको बाजी राखी उनले निर्भीकतापूर्वक गरेको सङ्घर्ष जनतामा क्रान्तिचेत पैदा गर्न भने अकथनीय रूपले उपलब्धिपूर्ण हुन्छ ।
क्रान्तिविना नेपालमा जनउत्तरदायी शासन स्थापना गर्न नसकिने यथार्थ उनलाई पहिले नै अवगत हुन्छ । २००७ साल असोजमा भएको नेपाली काङ्ग्रेसको बैरगनिया अधिवेशनको निर्णयलाई कार्यान्वयन गर्न पार्टीको मुख्य जिम्मेवार नेता बनेर उनी तत्काल सशस्त्र क्रान्तिको तयारीमा जुट्छन् । क्रान्तिका लागि हतियार जुटाउने तथा सङ्घर्षमा लडाकू र कार्यकर्तालाई परिचालन गर्नु उनको प्रमुख जिम्मेवारी बन्दछ । नेपालको पूर्वीमोर्चाको सफलताले एकातिर उनको प्रतिष्ठा चुलिन्छ भने अर्कातिर राणशासकको मनोबल तिरोहित हुन्छ । युद्धमोर्चामा निरन्तर सफल हु“दै गएको अवस्थामा एकाएक क्रान्ति समापन गरिएको खबर सुन्दा युद्धभूमिमा रहेका बिपी मर्माहत बन्छन् । क्रान्तिबाट जेजति उपलब्धि प्राप्त भएको हो, त्यसैलाई स्वीकार गर्नुको विकल्प नदेखेर मात्र सम्झौताप्रति उनी नरम बनेका हुन् ।
२०२५ सालमा जेलमुक्त भएर हिन्दुस्तानमा बस्न थालेका बिपीको मनमा लोकतन्त्रको अपहरण गरेर राजाले विश्वासघात गरेको पीडा आलो हुन्छ । क्रान्तिप्रतिको विश्वास उनको हृदयमा जरा गाडेर बसेको हुन्छ । उनी लोकतन्त्रप्रति समर्पित युवापुस्ताको विश्वासमा पुनः नेपालमा सशस्त्र क्रान्ति गर्नु आवश्यक ठान्छन् । पार्टीका भावी नेतृत्व लिन सक्ने युवा दललाई ओखलढुङ्गाको असफल अभियानमा उत्पे्ररित गर्दा चुकाउनुपरेको मूल्य भने सङ्घर्षशील कोइरालालाई निकै मह“गो गर्छ । त्यसपछि उनी आफ्नो सशस्त्र क्रान्तिसम्बन्धी चिन्तनलाई मनोवैज्ञानिक युद्धमा रूपान्तरण गर्दछन् । तर, उनको हृदयमा क्रान्तिचेत अजर र अमर रूपमा रहेको हुन्छ । स्वदेश फर्केपछि आफूमाथि लगाइएका मुद्दामा स्वयम् प्रतिरक्षा गर्दै उनले देशभित्र मृत्युदण्ड हुन सक्ने सातओटा मुद्दाहरूमा न्यायालयमा अतुलनीय साहसका साथ दिएको ऐतिहासिक बयानमा एउटा क्रान्तिकारी नेताको उत्तरदायित्व र धर्म दृष्टिगोचर हुन्छ ।
बिपीले सत्तामा रहेर लोककल्याणकारी कार्य गर्ने मौका पाएको भए नेपाल र नेपालीको मुहार फेरिने थियो भनी विश्वास गर्न सकिन्छ । तर, नियतिले उनलाई त्यो काम गर्ने अवसर दि“दैन । सत्तासीनस“गको निरन्तरको द्वन्द्वले उनलाई एक सदाबहार विद्रोही नेताको पहिचान प्राप्त हुन्छ । उनको राजनीतिक दृष्टि भने सत्ताभन्दा धेरै टाढा हु“दैन । तर, उनी लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चेर सत्तामा रमाउन तत्पर हु“दैनन् । उनले क्रान्तिको व्याख्या गर्दा प्रजातन्त्रप्रतिको आफ्नो आस्था र विश्वासमा रत्तिभर आ“च आउन दिएका छैनन् । उनी गान्धीझैं सत्यलाई न्याय र झूटोलाई अन्यायको प्रतीक मान्छन् । सत्यको मुख बन्द गरिने समाजमा झुटो प्रोत्साहित हुन्छ अर्थात् अन्यायको बोलवाला बढ्छ भन्ने उनको मान्यता हुन्छ । उनको धारणाअनुसार जुन समाजमा शान्तिपूर्ण वा वैधानिक प्रक्रियाले परिवर्तन ल्याउन सकि“दैन, जहा“को सरकार दमनकारी छ, त्यहा“का जनतालाई आफ्नो मौलिक अधिकार प्राप्तिका लागि प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न क्रान्ति गर्ने अधिकार छ । क्रान्तिबारेको उनको व्याख्या कति जीवन्त छ π उनी जनतालाई न्याय सुलभ रूपमा प्राप्त हुनुपर्ने ठान्छन् र कानून बनाउने कार्यमा जनप्रतिनिधिको भूमिकाको अनिवार्यतालाई महत्त्व दिन्छन् । यसरी न्याय र प्रजातन्त्रलाई अन्योन्याश्रित ठान्ने जनपक्षीय सोचले उनलाई निष्ठावान् क्रान्तिकारी प्रमाणित गरेको छ ।
नेपाली काङ्ग्रेसका नेता तथा मेलमिलाप नीतिका प्रवर्तक
नेपाली काङ्ग्रेस जन्माउन बिपीको परिश्रम निणार्यक रूपले फलदायी सिद्ध हुन्छ । यद्यपि, क्रान्तिकालमा उनी पार्टीको शीर्ष नेतृत्वमा हु“दैनन् । क्रान्तिपछि भने उनको नेतृत्व चुनौतीविहीन बन्दछ । उनी नेपाली काङ्ग्रेसका निर्विवाद नेता हुन्छन् । पार्टीको नीति निर्धारणमा उनको विचारको अमिट छाप परेको देखिन्छ । नेपाली काङ्ग्रेसको २०१२ सालमा भएको वीरगञ्ज महाधिवेशनमा समाजवादी अर्थनीति अवलम्बन गर्नुमा बिपीकै नेतृत्वको प्रभावकारिता हो । यद्यपि, त्यस महाधिवेशनपछि एक अवधि मात्र उनी स्वेच्छाले सभापति पदमा रह“दैनन् । उनी आफ्नो विचारलाई सामूहिक निर्णयद्वारा पार्टीको विचारमा बदल्ने क्षमता राख्छन् । उनको नेतृत्वमा नेपाली काङ्ग्रेसले आमचुनावमा सफलता पाउ“छ र सरकार बनाउन सक्षम हुन्छ । उनी आफ्नो प्रधानमन्त्रीत्व कालमा सामन्तवादका आधारहरू नष्ट गर्दै लोककल्याणकारी राज्य स्थापनामा विविध आर्थिक कार्यक्रमहरू लागू गर्छन् । पू“जीवादभन्दा समाजवाद नै नेपालले धान्न सक्ने अर्थतन्त्र हो भन्ने उनको अवधारणा पार्टीको नीति बन्दछ, यद्यपि उनी समाजवादको स्थापनाका लागि पू“जीवादको विकासलाई पूर्वशर्त ठान्छन् ।
उनी जेल पर्दा कार्यकर्तामा उत्साह भर्ने तथा प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाउने कुनै काम वैकल्पिक नेतृत्वबाट हुन सक्दैन । तत्कालीन तानाशाही पञ्चायती व्यवस्थाद्वारा काङ्ग्रेस पार्टीलाई अराष्ट्रिय तत्त्व भनिएको अवस्थामा पनि जेलमुक्त बनेका बिपीलाई विराटनगरमा भएको आमसभामा विशाल जनसमूहले आस्था जाहेर गर्छ । राजाको एकलौटी शासनकालमा पनि जनताका लागि उनी एकमात्र भरोसायोग्य नेता हुन्छन् । पार्टीमा राजाविरोधी सोच प्रबल हु“दा पनि उनी नेपालमा संवैधानिक राजाको अपरिहार्य आवश्यकताबारे कार्यकर्तालाई निरन्तर प्रशिक्षित गर्दछन् । तत्कालीन सरकारको मार सहेका कार्यकर्ताहरू पनि उनीमाथिको आस्थाको कारणले गर्दा उनको मार्गदर्शनको खिलाफमा जाने साहस गर्दैनन् ।
ओखलढुङ्गा काण्डको असफलताबाट बिपी मानसिक रूपले थिलथिलो हुन्छन् । त्यस अन्योलको घडीमा हिन्दुस्तानमा सिक्किमको विलय तथा हिन्दुस्तान र बङ्गलादेशमा फौजी शासन अस्तित्वमा आउनाको कारणले उनी दक्षिण एसियामा प्रजातन्त्रमाथि कालो बादल मडारिएको अनुभव गर्छन् । अन्तर्राष्ट्रिय परिवेशमा विकसित प्रतिकूल स्थितिको मूल्याङ्कन गर्दा उनी नेपाल राष्ट्रको अस्तित्व खतरामा परेको विश्लेषण गर्दछन् । आफ्नो वैचारिक आस्था र अडानका कारण उनलाई हिन्दुस्तानमा बसिरहन कष्टकर अनुभूति हुन्छ । त्यसपछि उनी नेपाल फर्कने आधारका रूपमा पार्टीका धेरै साथीहरूस“ग विचारविमर्श गरी ‘एकता र मेलमिलाप’को नीति अवलम्बन गर्ने टुङ्गोमा पुग्छन् र राष्ट्रियताको प्रश्नमा राजास“ग गर्धन जोड्न तयार देखिन्छन् । उनी राजावादीहरूलाई आश्वस्त पार्न ‘काङ्ग्रेसस“ग नझस्क’ भन्छन् भने आफ्ना अनुयायीहरूलाई ‘पञ्चस“ग नतर्स’ भनी उत्साहित गराउ“छन् । तर, राजाले प्रतिपादन गरेको अप्रजातान्त्रिक पञ्चायती व्यवस्थास“ग भने उनको सैद्धान्तिक रूपमा नै असहमति हुन्छ । न्यायालयमा आफूलाई देशद्रोही भनी आरोपित गरिएको अवस्थामा मुद्दाको प्रतिरक्षा गर्दा ‘एकता र मेलमिलाप’को नीतिलाई पक्षपोषण गर्ने बयानमा उनको असाधारण मनोबल र तर्कशक्ति प्रदर्शित हुन्छ ।
यदाकदा उनले आफूलाई पार्टीभन्दा माथि राखेर चिन्तन प्रवाह गरेको पाइन्छ । फलस्वरूप पार्टीको नीतिनिर्धारणमा सबल भूमिका नपाएका कारण कार्यकर्ताहरू शिथिल बन्ने र पार्टी कमजोर हुने अवस्था सृजना हुन्छ । नेपाली काङ्ग्रेस पनि बिपीको निधनपूर्व त्यो स्थितिबाट गुज्रेको देखिन्छ ।
कार्यकर्ताका प्रिय नेता एवम् ‘सान्दाजु’
बिपी कोइरालामा कार्यकर्ताको क्षमताको कदर गर्ने अद्भूत विशेषता हुन्छ । एकपटक देखेको मान्छेलाई नबिर्सिने गुणले उनीप्रति आस्था राख्ने मानिस कृतज्ञ बन्दछन् । कार्यकर्तालाई स्नेहपूर्वक मधुर आवाजमा बोलीवचन गरेर आफूलाई तिनीहरूको साक्खै दाजु भएको विश्वास दिलाउन सक्ने विलक्षण कलाले युक्त हुन्छ उनको स्वभाव । पिताजी कृष्णप्रसादका सन्ततिमा मातृकापछि उनको जन्म भएकाले पारिवारिक वृत्तमा उनी ‘सान्दाजु’ उपनामले चिनिन्छन् । नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू पनि उनलाई उच्च सद्भाव जाहेर गर्न त्यही चल्तीको पारिवारिक नामले नै सम्बोधन गर्छन् । यसरी बिपीका लागि पूरै पार्टी एउटा बृहत् परिवारसमान हुन्छ भने कार्यकर्ताहरू उनका लागि प्रिय स्वजन वा अनुजसरह स्नेह–पात्र हुन्छन् । यसरी नेपाली जनमानसमा बिपी कोइरालाको एक मायालु नेताको अनुपम छवि कायम हुन्छ ।
लोकतन्त्रका महानायक
पार्टीभित्र पनि आफ्नो नीतिको तर्कसङ्गत विरोध गर्ने व्यक्तिलाई मर्यादापूर्वक व्यवहार गर्नु बिपी कोइरालाको लोकतान्त्रिक संस्कारको उदाहरण हो । प्रायः कार्यकर्ताहरूलाई उनी ‘साथी’ भनेर सम्बोधन गर्छन् । धेरै मानिसको कल्याणमा समर्पित हुने भावना नै लोकतन्त्रवादीको विशेषता हो । काठमाडौंमा भूमिगत रूपमा गएर सङ्गठन गर्दा भेटेका साथीहरूको बारे राणाशासकलाई कुनै सूचना नदिएर जस्तोसुकै सजाय भोग्न पनि तत्परता जाहेर गर्नु उनको उदात्त एवम् संस्कारित आचारको उदाहरण हो । एउटा लोकतन्त्रको मसिहा सदा जनताको काखमा बा“च्न चाहन्छ । जनताको विश्वास जित्नु नै उसको धर्म हुन जान्छ । क्रान्तिपछि पटकपटक देशव्यापी दौडाहा गर्दा उनी नेपालका धेरैजसो जिल्लामा पुग्छन् । व्यापक जनतास“गको भेटघाट र अन्तरक्रियाले उनलाई लोकप्रिय नायक बन्न मद्दत पुग्छ ।
२०१४ सालमा संविधानसभाको निर्वाचनका लागि पार्टीद्वारा राजालाई दबाब दिन गरिएको ‘भद्र अवज्ञा आन्दोलन’ स्थगित गरी राजप्रदत्त संविधानअनुसार संसद्का लागि हुने निर्वाचनमा भाग लिने बिपीको निर्णय लोकतान्त्रिक विधि, मूल्य र मान्यता अनुकूल मानि“दैन । ३ वर्षपछि त्यही राजतन्त्रद्वारा बन्दी बनाइएपछि उनी आफ्नो प्रतिकूल निर्णयको शिकार बन्छन् ।
प्रधानमन्त्रीको कुर्सीबाट सीधै जेलको कालकोठरीमा बन्दी बनाइ“दा पनि उनी लोकतान्त्रिक आदर्शबाट विचलित हु“दैनन् । एकता र मेलमिलापको नीति लिएर नेपाल फर्कंदा राष्ट्रियताको संवद्र्धनका लागि राजास“ग मिल्नुपर्ने उनको सोच राजनीतिक वृत्तमा आलोचित बन्छ । यथार्थमा उनी लोकतन्त्रको मूल्यमा राजास“ग समर्पण गर्दैनन् । उनलाई फा“सी दिइने प्रकृतिका मुद्दाको सामना गर्दा पनि उनी लोकतन्त्रप्रतिको आफ्नो निष्ठालाई दाउमा राख्दैनन् । उनले ओखलढुङ्गामा राज्यद्रोह गर्न उत्प्रेरित गरेको सन्दर्भमा नेपालको अदालतमा बयान दि“दा सो कार्य आफूले नगरेको र आफ्नो निर्देशनमा पनि नभएको भए तापनि पार्टीको नेताको नाताले आफ्ना कार्यकर्ताहरूबाट सम्पन्न कार्यको दायित्व स्वीकार गरेर एक इमानदार नेताको गुण प्रदर्शन गरेका हुन् । २०३७ सालमा भएको जनमतसङ्ग्रहमा बहुदल पक्ष पराजित हु“दा पनि जनमतको निर्णय स्वीकारेर उनले सच्चा लोकतन्त्रवादीको आदर्श उदाहरण प्रस्तुत गरेका हुन् । उनको स्वीकारोक्ति राजनीतिक नैतिकताको उदाहरण हो । उनी लोकतन्त्र खास मूल्य र मान्यतामा आधारित हुन्छ भन्ने ठान्छन् । जनादेश नै उनको कार्यपद्धतिको आधार हो । जनताले विकासका कार्य वा प्रक्रियामा सहभागी हुन पाउ“दा मात्रै लोकतन्त्र सार्थक हुन्छ भन्ने धारणामा उनी अटल हुन्छन् ।
जिम्मेवारीयुक्त प्रधानमन्त्रीत्व
‘नेपाल अधिराज्यको संविधान, २०१५’का आधारमा भएको पहिलो संसदीय निर्वाचनमा बहुमत पाएको नेपाली काङ्ग्रेसका नेताको हैसियतले नेपाली जनताका सर्वाधिक लोकप्रिय नेता एवम् प्रभावशाली ९म्थलबmष्अ० व्यक्तित्व बिपी कोइरालालाई नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुने सौभाग्य प्राप्त हुन्छ । नेपालको सामन्ती समाजमा समाजवादी अर्थनीति लागू गर्ने काम चुनौतीपूर्ण हुन्छ । तर, शुरुमै बिर्ता प्रथा र राजा–रजौटा उन्मूलन गरेर उनी सामन्ती व्यवस्थाका खम्बाहरू भत्काउने प्रक्रिया थाल्छन् । जग्गा जोत्नेको हुन्छ भन्ने आधारमा किसानको हक र हितको संरक्षण गर्न मोहियानी हक कायम गर्ने अभियानलाई सार्थक बनाउन उनी लागिपर्छन् । यद्यपि, उनकै पार्टीका मानिसहरू पनि त्यस कार्यक्रमप्रति असहयोगी हुन्छन् । भूमिको हदबन्दी तोकेर निष्क्रिय पू“जीलाई औद्योगिक उत्पादन बढाउन प्रयोग गर्ने उनको योजना हुन्छ । उनी आफ्नै देशको कच्चापदार्थमा आधारित मझौला तथा साना उद्योग स्थापना गर्ने नीतिका पक्षपाती हुन्छन् ।
शासन सञ्चालनका क्रममा राजास“ग द्वन्द्वको सृजना नहोस् भनेर उनी निरन्तर सावधान हुन्छन् । मुलुकमा शान्तिसुरक्षा कायम गर्दै र विकास निर्माणका काममा उनको सक्रियता अपेक्षा गरेअनुसार नै बढ्छ । उनले देशका विभिन्न भागमा भ्रमण गरेर जनतामा लोकतन्त्र र आफ्नो नेतृत्वप्रति विश्वास बढाउन प्रयत्न गर्छन् । देशको प्रशासन जनमुखी बनाउने उनको प्रयासले सार्थकता पाउ“दै जान्छ । मन्त्रालय र कार्यालयहरूको काममा उनको निरन्तरको अवलोकनले सही निर्णय गर्नेहरूमा आत्मबल बढ्छ । पूर्वीक्षेत्रको पहाडी इलाकालाई काठमाडौंस“ग जोड्ने निर्माणाधीन लोकमार्गका परिकल्पनाकार पनि उनी नै हुन् ।
वैदेशिक नीति निर्धारण गर्दा उनी असंलग्नतालाई महत्त्व दिन्छन् । हिन्दुस्तान र चीनको उपलब्धिपूर्ण भ्रमण गरेर उनले देशको प्रतिष्ठा बढाएका हुन् । चीनद्वारा सगरमाथामा नेपालको सम्प्रभुता कायम रहेको मान्यता दिलाउन उनको कूटनीतिक प्रयास सार्थक हुन्छ । उनकै कार्यकालमा सम्पन्न भएको हिन्दुस्तान र चीनका प्रधानमन्त्रीको नेपाल–भ्रमणले उनले अपनाएको छिमेकी राष्ट्रस“गको समदूरीको सम्बन्धमाथि लाहाछाप लाग्छ । त्यसैताका पाकिस्तान र इजरायललाई मान्यता दिने, रुस र बर्मास“ग सम्बन्ध दरिलो पार्ने काम पनि हुन्छ । पहिलोपल्ट संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर उनी संसारका सामु नेपालको धारणा राख्छन् । उनको इजरायल भ्रमणले साना राष्ट्रको अस्तित्व मर्यादित हुनुपर्छ भन्ने दृष्टिकोणलाई बल प्रदान गर्छ ।
प्रधानमन्त्रीको छोटो कार्यकालमा गतिशील नेतृत्व प्रदान गरेर उनी अन्तर्राष्ट्रिय रूपमा पनि नेपालको छवि उजिल्याउन सफल हुन्छन् ।
प्रजातान्त्रिक समाजवादमाथि अविचल आस्था
गरीब तथा पिछडिएका जनताको आर्थिक स्थिति उठाउने र राज्यले दिन सक्ने सुविधामा न्यायोचित वितरण गर्ने सङ्कल्पमा बिपी कोइरालाको दृढ अठोट परिलक्षित हुनछ । प्रधानमन्त्री हु“दा राष्ट्रिय योजना आयोगको बैठक–कक्षमा हलो जोतिरहेको किसानको चित्र टा“स्न र नया“ योजनाको तर्जुमा गर्दा झुपडीमा बस्ने किसानलाई पनि फाइदा पुग्ने सोच राख्न सदस्यहरूलाई सुझाव दिन्छन्् । त्यसबाट उनको आर्थिक नीति गरीब किसानको स्तर उठाउन केन्द्रित रहेको दृष्टिगोचर हुन्छ । उनले समाजवादबारे अनेकौं साहित्य पढेका हुन्छन् । नेपाली परिवेशमा उनको समाजवादको परिभाषामा हरेक जनतालाई एउटा घर, खेती गरी खान पुग्ने जमिन, दूध खान एउटा गाईलगायत शिक्षा र स्वास्थ्यका प्राथमिक सुविधा पर्दछन् । यो प्राप्ति नै उनको नेपाली संस्करणको समाजवादको प्रथम सोपान हो ।
बिपी कोइरालाको समाजवादको अवधारणामा ग्रामीण अर्थतन्त्रको स्तरीकरणले नै प्रमुखता पाउ“छ । ग्रामीण क्षेत्रमा सहकारीको अभियानबाट साहूमहाजनको ब्याज खाने पद्धति निरुत्साहित हुने उनको ठम्याइ हुन्छ । सहकारीलाई सर्वप्रथम उनले नै राष्ट्रिय अभियानको रूप दिएका हुन् । उनको अवधारणाअनुसार जोत्नेलाई नै जमिनको स्वामी बनाउ“दा मात्र समाजवादको आधारभूत सिद्धान्त लागू हुन सक्छ । उनी कृषिमा उत्पादकत्व वृद्धि गर्न उन्नत बीउको प्रयोग र कृषि औजारमा सुधार ल्याउनु आवश्यक ठान्छन् । उच्च कोटिको प्रविधि नेपालले धान्न सक्दैन भन्ने उनको मान्यता हुन्छ । प्रभावकारी भूमिसुधारको कार्यक्रम पनि उनको प्राथमिकतामा परेको विषय हो । देशका अनेक भागमा साना उद्योग स्थापना गर्दा जनताको ठूलो हिस्साले औद्योगिक गतिविधिमा सहभागी बन्न पाउ“छ, फलस्वरूप जनताको आर्थिक क्रियाशीलता बढ्छ । यही अवधारणा नै उनको औद्योगिक नीतिको आधार हो । त्यही नीतिअनुरूप प्रतीकात्मक रूपमा उनले बिर्ता–प्रथा र राजा–रजौटा उन्मूलन गरेका हुन् ।
बिपी कोइरालाको समाजवाद कम्युनिष्टहरूको सोचविपरीत लोकतान्त्रिक मूल्यमान्यतामा आधारित हुन्छ । उनी अस्ट्रेलियाको राजधानी सिड्नीमा भएको प्रशान्त क्षेत्रको समाजवादी सङ्घको सम्मेलनमा नेपालको तत्कालीन सन्दर्भमा आधारित रहेर समाजवादलाई निम्न पा“चओटा बु“दामा व्याख्या गर्छन्—
क) जनताको स्वार्थ गा“सिएका राजनीतिक संस्थाले मात्र आर्थिक विकासलाई अघि बढाउन सक्छन् ।
ख) विदेशी सहायताले देशमा विकास हुनुको सट्टा भ्रष्टाचार र अवैध व्यापार मात्र मौलाउ“छ ।
ग) व्यापक मात्रामा उत्पादन गर्ने अमेरिकी विकासको मोडेलको अनुकरणले धनी र गरीबको आयको अन्तर बढ्ने हु“दा नेपालजस्ता गरीब देशका लागि त्यो मोडेल उपयुक्त हु“दैन ।
घ) समाजवादीले संसारमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनप्रति उदासीन हुनु हानिकारक हुन्छ । समाजवादीले यदाकदा आर्थिक विकासलाई मात्र प्राथमिकता दि“दा त्यो प्रत्युत्पादक नै सिद्ध हुन्छ ।
ङ) विकासका दृष्टिले पछाडि परेका राष्ट्रहरूका लागि समाजवाद व्यावहारिक चिन्तन हो । समाजवादको विकल्पमा कम्युनिष्ट शैलीको वा सैनिक ढा“चाको वा धार्मिक पूर्वाग्रह भएको तानाशाही व्यवस्था फस्टाउने खतरा रहन्छ ।
यसरी लोकतन्त्र र आर्थिक विकास एकसाथ अगाडि लैजा“दा मात्र समाजवादले वास्तविक स्वरूप ग्रहण गर्छ भन्ने बिपी कोइरालाको अडान हो । उनी समाजवाद भविष्यको लहर हो भन्ने ठान्छन् । उनको समाजवादप्रतिको अवधारणालाई अन्तर्राष्ट्रिय जगत्ले मर्यादित गरेको उदाहरण सोसलिस्ट इन्टरनेसनलले उनलाई आफ्नो उपाध्यक्ष स्वीकार गर्नु पनि हो ।
उनी माक्र्सझैं व्यक्ति आर्थिक कारणले मात्र विभिन्न क्रान्ति वा आन्दोलनमा सहभागी बन्छ भन्ने विश्वास गर्दैनन् । उनको विश्लेषणमा मानिस आर्थिक प्राणी मात्र होइन, उसमा बहुआयामिक दिमाग हुन्छ र त्यही दिमागमा निर्णयकारी शक्ति निहित हुन्छ । उनी मानिसलाई सङ्कुचित दायराबाट विवेचना गर्न चाह“दैनन् । यिनै विशिष्ट चिन्तनहरू उनको प्रखर एवम् अटल समाजवादी व्यक्तित्व विनिर्माण गर्ने सहयोगी तत्त्व हुन् ।
देशभक्त नायक
जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्ने सकारात्मक धारणा नै देशभक्ति हो । सत्तामा रह“दाको देशभक्ति र जेलको कोठरीमा रह“दाको देशभक्तिमा ठूलो अन्तर हुन्छ । बिपी दुवै अवस्थामा आफ्नो देशभक्तिको परीक्षामा सफल देखिन्छन् । आफूले गर्ने निर्णयबाट देश र जनताको प्रत्यक्ष हित हुनुपर्छ भन्ने बिपीको सोचाइ रहेको हो । प्रधानमन्त्री हु“दा आफूले लिएका हरेक निर्णयको प्रतिफल सामान्य जनताले पाउनुपर्ने आधारमा उनले काम गरेका हुन् । यदाकदा कुनै निर्णय लिन द्विविधा पर्न जा“दा आफू बसेको ठाउ“को एक मुठी माटो हातमा लिएर चिन्तन गर्दा राष्ट्रप्रतिको समर्पण भावले सही मार्गनिर्देश गर्छ भन्ने बिपीको दृष्टिकोणमा एक असल देशभक्तको लक्षण दृष्टिगोचर हुन्छ ।
राष्ट्रियताको लोकतान्त्रिक व्याख्याता
राष्ट्रियता एक अमूर्त कुरा हो । यसको व्याख्यामा विविधता पाइन्छ । बिपी कोइराला देशको माटोलाई राष्ट्रियता मान्दैनन् । उनलाई नेपालमा राष्ट्रियताको भावना अझै विकास भइनसकेको विश्वास हुन्छ । उनी जनताको सकारात्मक समष्टि शक्तिलाई नै राष्ट्रियता ठान्दछन् । उनलाई प्रजातन्त्रका आदर्श नअपनाएको समाजमा राष्ट्रियताको भावना प्रबल रूपमा प्रकट हुन सक्दैन भन्ने विश्वास हुन्छ । उनी भन्छन्— ‘सामूहिक रूपमा समयसमयमा आइपर्ने व्यापक समस्याहरूको समाधानमा लाग्नुपर्दा सहज किसिमले उत्पन्न हुने जनभावना नै राष्ट्रियता हो ।’
बिपीको विश्लेषणमा
क) राष्ट्रियताको सशक्त अभिव्यक्ति जनताबाट मात्र हुन्छ ।
ख) जनता स्वयम्ले आफूस“ग सम्बद्ध समस्यालाई पहिचान गर्ने क्षमता राख्नुपर्छ ।
ग) जनताले आफ्ना सामु उपस्थित समस्या समाधान गर्न सामूहिक प्रतिबद्धता जाहेर गर्नुपर्छ ।
घ) समस्या समाधान गर्ने क्रममा जनतामा पैदा हुने उत्साहपूर्ण एकताको भावनामा विशिष्ट शक्तिको सञ्चार हुन्छ ।
बिपी कोइरालाको राष्ट्रियतासम्बन्धी अवधारणा तुलनात्मक रूपमा मौलिक छ । राष्ट्रियतालाई लोकतन्त्रस“ग अभेद्य ठानेर व्याख्या गर्ने कोइरालामा हरेक राष्ट्रहरू अन्ततोगत्वा लोकतन्त्रको घेराभित्र नै समाविष्ट हुने अकाट्य चिन्तन विकसित भएको देखिन्छ ।
गम्भीर आध्यात्मिक विश्लेषक
बिपी कोइराला सनातन रूपमा विश्वास गरिने श्रद्धा, आस्था, पूजा आदिबाट प्रसन्न हुने ईश्वरप्रति विश्वास गर्दैनन् । तर उनी पूर्णतः भौतिकवादी पनि होइनन् । उनको विश्वासमा मानिसमा आध्यात्मिक चेतना जागृत अवस्थामा रहेको हुन्छ र मनमा कुनै भावना प्रबल हु“दा, ब्रह्माण्डबारे चिन्तन गर्दा, फूलको सौन्दर्यमा रमाउ“दा मानिसमा उत्पन्न हुने कवित्व भावना नै ईश्वरको अनुभूति हो । उनी मुग्धकारी सङ्गीत श्रवणबाट प्राप्त हुने आनन्द— जुन आफैले प्रत्यक्ष अनुभव गरेको बताउ“छन्—लाई ईश्वरसितको निकटतम अनुभव भनी टिप्पणी गर्छन् । उनी असाध्यै राम्रो चित्रकला देख्दा पनि मनमा देवत्व प्रस्फुटन हुने ठान्दछन् । यसरी उनी सूक्ष्मतम आनन्दमा अध्यात्मका झिल्का फेला पार्छन् । उनको मूल्याङ्कनमा मान्छे भौतिक सृष्टि मात्र नभएर त्योभन्दा बढी हो । उनी तार्किक व्याख्याले समेट्न नसकिने काल्पनिकजस्तो प्रतीत हुने वस्तुसित आफ्नो आत्माको विलय भएको अनुभव पनि गर्दछन् । उनले आफूलाई मानिसले सृजना गरेको सारा चराचर सृष्टिमा पनि जीवनको अस्तित्व रहेको आभासको अनुभूति गरेको पनि बताएका छन् ।
बिपीको साहित्यिक योगदान
बिपी कोइरालाको विराट राजनीतिक व्यक्तित्वबाट बिल्कुल अलग प्रकारको एउटा प्रखर साहित्यिक स्रष्टा व्यक्तित्व पनि उनमा निहित छ । उनका १० ओटा प्रकाशित कृतिमध्ये ६ ओटा उपन्यास, दुई कथासङ्ग्रह, दुई जेल डायरी र दुई संस्मरणसम्बन्धी रचना छन् । उनको साहित्यिक व्यक्तित्वलाई सङ्क्षेपमा निम्न शीर्षकमा मूल्याङ्कन गर्न सकिन्छ—
साहित्यमा अराजकतावादी
अराजकता भनेको स्थापित रूढ मान्यताप्रति विमति जनाउनु हो । अराजक लेखक नै नया“ सोच र प्रवृत्ति भिœयाउने सामथ्र्य राख्छ । बिपीले नेपाली साहित्यमा पूर्वप्रचलित धारभन्दा पृथक् तथा पश्चिमी जगत्मा प्रयोगमा आउन थालेका अस्तित्ववाद र नियतिवादलाई विशिष्ट ढङ्गबाट अभिव्यक्त गरेका छन् । उनको विश्लेषणमा हरेक मानिसमा निजी विशेषता हुन्छ । मान्छे आफूमा निहित निजत्व सदा जीवन्त राख्न प्रयत्नरत रहन्छ । त्यसैले ऊ हार्न चाह“दैन । बिपीका आख्यानका पात्रहरूमा त्यो लक्षण पाइन्छ । उनी आफ्नो चाहनाविपरीतका घटना बेहोर्न मान्छे अभिशप्त छ भन्ने ठान्छन् । उनी मानिसलाई नियतिभित्र जकडिएको प्राणी मान्छन् । उनलाई नियतिवादका समर्थक भन्दा अर्घेलो ठहर्दैन ।
बिपी कोइरालाको दृष्टिमा धन र मानले महिमामण्डित हुने, सामान्य जनताबाट पृथक् पहिचानको दाबी गर्ने सम्राट पनि साहित्यको नजरमा सामान्य जनता हुन्छन् । साहित्यमा राजा हारेको, अपमानित भएको, मागी खान विवश भएका घटनाहरू चित्रण गरिन्छ । झलक्क हेर्दा असुहाउ“दो लागे पनि राजा र रङ्कका शाश्वत मानवीय विशेषतामा कुनै भेद हु“दैन । साहित्यमा सम्राट पनि भिखमङ्गा हुन्छ भन्ने उनको सोच अराजकतावादको उदाहरण हो ।
उनले आख्यानमा महाभारत र गीताका ज्ञानलाई मिथकका रूपमा प्रयोग गरेका छन् । यो उनको साहसी बौद्धिकताको उदाहरण हो ।
मनोवैज्ञानिक तथा यौनवादी आख्यानका स्रष्टा
यौन उमेरस“ग विकसित हु“दै आउने दुर्दमनीय प्राकृतिक संवेग हो । सिग्मन्ड फ्रायडको यो खालको चिन्तनबाट प्रभावित छन् बिपी कोइराला । उनी मानिसलाई मनोवैज्ञानिक प्राणी मान्छन् । तसर्थ मानिसको यो पक्षले साहित्यमा यथोचित स्थान पाउनुपर्छ भन्ने उनको धारणा हो । उनी नेपाली साहित्यमा यौनपक्षस“ग गा“सिएको मानिसको दिमागको यो पाटो खोतल्ने प्रथम प्रयोगवादी कथाकारका रूपमा प्रतिष्ठित छन् । नेपाली आख्यानमा सामाजिक चित्रण गर्ने परम्परावादी शैलीभन्दा अलि भिन्न ढङ्गबाट मान्छेका मनमा रहेका जटिल मनोवैज्ञानिक ग्रन्थी र अव्यक्त चिन्तनलाई विश्लेषण गर्ने सामथ्र्य भएको सृजनशील कलाकार हुन् बिपी । उनले अवलम्बन गरेको यौनवादी तथा मनोजगत्का अध्ययनको शैलीलाई उछिन्ने अर्को साहित्यकार अझसम्म जन्मेको छैन । उनी नै त्यस धाराका अग्रज स्रष्टा हुन् । तर, उनको यौनपक्षको चिन्तन र विवेचना अश्लील छैन । विधवाको यौन चाहना तथा वृद्ध पुरुषकी नबोढा स्त्रीको यौन अतृप्तिजस्ता विषयमा उनको सृजनशीलता असामान्य रूपले सफल छ । उनका कथासङ्ग्रह र उपन्यासका विषयवस्तु राजनीतिबाट पूरै फरक हुनु पनि उनको साहित्यिक विशिष्टता हो ।
नैतिकताका प्रखर प्रयोक्ता
आख्यानमार्फत बिपी कोइरालाले नैतिकतालाई सशक्त रूपमा उठान गरेका छन् । उनी नैतिकतालाई मान्छेको सबैभन्दा ठूलो हतियार ठान्छन् । उनले आख्यानमा यत्रतत्र मान्छे नैतिक भए मात्र उसमा रचनात्मक सामथ्र्य पैदा हुन्छ भन्ने जाहेर गरेका छन् । उनले पाठकलाई दिएको सन्देश असल मान्छे हुन प्रयत्न गर्नु हो । ‘मोदिआइन’ उपन्यासमा मोदिआइनले एकजना किशोरलाई ठूलो र वीर हुनुको सट्टा असल मान्छे बन्न प्रेरणा दिएकी छन् । ती नारी पात्रको मुखबाट बिपीले आफ्नो जीवनदर्शन अभिव्यक्त गरेका छन् । ठूलो र वीर हुने मानिसमा ईश्वरत्वको अभिमान बढ्न जान्छ र अन्ततोगत्वा त्यस्तो सोच विध्वंशकारी प्रमाणित हुन्छ भन्ने उनको विश्लेषण छ । बिपी इमानदार र उत्तरदायी समाजको विनिर्माण गर्ने आधारका रूपमा व्याख्या गर्छन् मान्छेमा हुने असल गुणलाई । प्रत्येक व्यक्ति समाजको एकाइ हो र हरेक व्यक्तिमा असल गुण व्याप्त भए समग्रमा समाज सन्मार्गमा प्रवृत्त हुन्छ भन्ने कुरामा उनी विश्वस्त छन् ।
सफल आत्मजीवनीकार एवम् कवि
बिपीले ‘आफ्नो कथा’, ‘आत्मवृत्तान्त’, ‘जेल जर्नल’ र ‘फेरि सुन्दरीजलमा’मा आपूmले देखेका र भोगेका विषयलाई इमानदारीपूर्वक प्रस्तुत गरेका छन् । ‘आत्मवृत्तान्त’ जीवनको अन्तिम कालमा मुखैले भनेर रेकर्ड गराइएको संस्मरण हो । त्यो आफैमा अद्वितीय छ । बिपीले केही कविताहरू पनि लेखेका छन् । ती कवितामा प्रणय र चेतनाका सुन्दर विम्बहरू पाइन्छन् ।
बिपी कोइरालाको प्रासङ्गिकता
संसारमा त्यही मानिसलाई पछि आउने पुस्ताले स्मरण गर्दछ, जबसम्म उसका चिन्तनहरू कुनै न कुनै रूपमा समाजका लागि अनुकरणीय र प्रेरणादायी हुन्छन् । उच्च जिम्मेवारी निर्वाह गरेका धेरै व्यक्तिहरू पदबाट बाहिरिनेबित्तिकै असान्दर्भिक हुन्छन् । ती मानिसहरू ठूलामा दरिएका हुन्छन् । तर, असल बन्न सकेका हु“दैनन् । केही महिना गृहमन्त्री र लगभग १८ महिना प्रधानमन्त्री पद सम्हालेका बिपी कोइरालालाई उनको मृत्यु भएको तीन दशकपछि पनि उच्च मर्यादाका साथ सम्झना गरि“दै छ, उनका विचारहरूलाई समयसापेक्ष ठानि“दै छ । वास्तवमा मानिस पदले होइन, विचारले पूजित हुन्छ । बिपी कोइरालालाई जेलमा सडाउन चाहने राजसंस्था आज इतिहासको पानामा सीमित भएको छ । हिजो शक्तिको दम्भ प्रदर्शन गर्ने राजाहरू आज प्रेरक व्यक्तित्वका रूपमा मर्यादित हुन सकेका छैनन् । तर, चामत्कारिक व्यक्तित्व भएका बिपी कोइराला प्रासङ्गिक भइरहनुमा उनले उचित ठानेका कामकुराले आज पनि महत्त्व पाइरहनु नै हो । २००७ साल फागुन ७ गते राजाद्वारा शाही घोषणामार्फत प्रतिबद्धता जाहेर गरिएको निर्वाचित संविधानसभाले संविधान बनाउनुपर्ने कुरामा बिपीले धेरै वर्षसम्म अडान राखेका हुन् । उनको जनतामाथिको विश्वास आउने पुस्ताले पनि कदर गर्दै रहनेछ ।
बिपीको समाजवादप्रतिको दरिलो आस्थाको कारण उनी उदारवादी वामपन्थी चिन्तक मानिन्छन् । उनी समाज विनिर्माण गर्ने आधार सिद्धान्त ठान्छन्— समाजवादलाई । उनको समाजवादमा समतामूलक आर्थिक दृष्टिकोण र लोकतान्त्रिक राजनीतिका आधारभूत मान्यता समाविष्ट छन् । आजको मान्छे एकातिर पूर्ण नागरिक अधिकार प्रयोग गरेर स्वतन्त्रतापूर्वक बा“च्न चाहन्छ भने अर्कोतिर ऊ राज्यबाट नै खाना, नाना र छानाको प्रत्याभूति हुनुपर्ने ठान्छ । उनी नागरिकहरू शिक्षा, स्वास्थ्य आदिका न्यूनतम सुविधा उपलब्ध गराउनु लोककल्याणकारी राज्यको दायित्व ठान्छन् । वर्तमानकालमा संसार एउटा विश्वग्राममा परिणत हु“दै गएको अवस्थामा कुनै मान्छे पनि अन्तर्राष्ट्रिय परिवेशमा घटित घटनाबाट निरपेक्ष बस्न सक्दैन । यस्तो स्थितिमा राजनीतिक दृष्टिले लोकतन्त्र र आर्थिक आधारमा समाजवाद सार्थक चिन्तन हुन् । त्यसैले लोकतान्त्रिक समाजवादको अवधारणा राख्ने बिपी कोइराला नेपाली समाजमा अझै धेरै वर्ष प्रेरक व्यक्तित्व बनिरहने निश्चित छ ।
बिपी कोइरालामा राजनेतामा हुने गुणहरू पर्याप्त हुन्छन् । उनका चिन्तनहरूले ऐतिहासिक महत्त्व राख्छन् । एउटा राजनेता ५०÷१०० वर्षपछि पनि उपयोगी हुने अवधारणा राख्छ, जब कि एउटा राजनीतिज्ञ बढीमा एक कार्यकाल वा ५÷७ वर्ष मात्र व्यवहारमा प्रयुक्त हुने चिन्तन प्रस्तुत गर्छ । बिपीलाई राजनेताको पहिचान दिने उनका राजनीतिक स्वतन्त्रता र आर्थिक समृद्धिका सैद्धान्तिक अवधारणाहरू आगामी पुस्ताका लागि पनि उदाहरणीय नै छन् ।
बिपी कोइराला एक राष्ट्रवादी नेता हुन् । उनको विश्लेषणमा विविध संस्कृति भएका भिन्नभिन्न भाषा बोल्ने सबै जातजातिमा रहेको एकात्मक चिन्तनमा राष्ट्रियताको भावना दृष्टिगोचर हुन्छ । उनी राष्ट्रियतालाई जीवन्त राख्न लोकतन्त्रको विकल्प देख्दैनन् । लोकतान्त्रिक चेतना मात्र राष्ट्रियताको संरक्षण गर्ने हैसियत राख्छ भन्ने बिपीको दूरदृष्टि नेपाली समाजमा लामो कालखण्डसम्म मर्यादित अवधारणा मानिनेछ ।
देशमा युद्ध, अशान्ति, कलह, सङ्घर्ष आदि आमजनताका लागि लामो समयसम्म ग्राह्य हु“दैनन् । हरेक युद्धपछि शान्ति नै लोकको अपरिहार्य चाहना बन्दछ । बिपी सङ्घर्षभन्दा मेलमिलापको सिद्धान्तबाट देशका समस्याको छिनोफानो गर्नमा जोड दिन्छन् । यो सिद्धान्तले एकातिर सामूहिक शक्तिलाई प्रतिविम्बित गर्दछ भने अर्कोतिर लोकतान्त्रिक विधिलाई पनि अवलम्बन गर्दछ । आफूलाई हदैसम्मको पीडा दिने राजसंस्थास“ग पनि राष्ट्रियताको सवालमा मिलेर काम गर्ने बिपीको प्रतिबद्धता खारिएको चिन्तनको सार हो । उनले महत्त्व दिएर व्याख्या गरेको एकता र मेलमिलापको नीति दुई ठूला शक्तिशाली राष्ट्रका चेपमा रहेको नेपालजस्तो बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुजातीय विशेषता भएको मुलुकले अपनाउनुपर्ने व्यावहारिक आदर्श हो ।
बिपी कम्युनिष्टहरूमा लोकतान्त्रिक चरित्रको अभाव हुने ठान्छन् । उनीहरूमा लोकतान्त्रिक संस्थाप्रति आस्था पनि हु“दैन भन्ने उनको बुझाइ हुन्छ । त्यसैले उनी कम्युनिष्ट पार्टीहरूस“ग तत्कालीन राजनीतिक फाइदाका लागि मिलेर काम गर्दा कालान्तरमा लोकतन्त्रलाई आघात पुग्ने ठान्छन् । २०४६ सालपछिको उदार लोकतान्त्रिक परिवेश पनि अस्वीकार्य ठान्ने नेकपा (माओवादी)ले चलाएको दशवर्षे सशस्त्र द्वन्द्वले बिपीको विश्लेषण सही प्रमाणित हुन्छ । अघिल्लो संविधानसभालाई निरर्थक तुल्याउन उग्रवादी कम्युनिष्ट चिन्तन बाधक बनेको हो भने नवनिर्वाचित संविधानसभामा पनि तिनीहरूबाट सकारात्मक सहयोग मिल्ने विश्वास गर्न सकि“दैन । बहुलवादप्रति ठोस प्रतिबद्धता जाहेर गर्ने बिपी कोइरालाको एकदलीय पक्षधर कम्युनिष्टहरूप्रतिको दृष्टिकोण पूर्वाग्रह मात्र हो भन्न मिल्दैन ।
यथार्थमा सङ्घर्षशील राजनीतिकर्मी भएर पनि साहित्यको फा“टमा नया“ आयाम थप्ने बिपी कोइरालाको मूल्याङ्कन गर्ने अर्को पृथक् पाटो पनि छ । आख्यानमा मनोवैज्ञानिक प्रस्तुतिका निम्ति उनी स्मरणीय छन् भने साहित्यमा यौन पक्षलाई मर्यादा दिने स्रष्टाका रूपमा उनको नाउ“ गर्वसाथ लिने गरिन्छ ।
यसप्रकार, बिपी कोइराला एक अथक योद्धा, निष्ठावान् क्रान्तिकारी, लोकतान्त्रिक महापुरुष र जिम्मेवार राजनीतिज्ञ हुन् । राजनीतिमा सदा आदर्शलाई आत्मसात् गर्ने महात्मा गान्धीको प्रभाव पनि उनमा परेको देखिन्छ । उनले लगभग ५२ वर्षको राजनीतिक जीवनमा नेपाल र विश्वलाई नै केही उपयोगी चिन्तन छाडेर गएका छन् । उनको विराट् व्यक्तित्वबाट प्रभावित हुने मानिसहरू उनलाई ‘जननायक’ तथा ‘महामानव’को गरिमामय सम्बोधन गर्दछन् । चिकित्सा विज्ञानले पनि असाध्य मानेको क्यान्सर रोगस“ग लड्दै, कहिले तानाशाहहरूको कोपभाजन बन्दै, कहिले जनसेवामा जुट्दै नेपाली माटोमा जन्मेर यही माटोको माया गर्दै यही“ नै विलीन हुन्छ उनको पाञ्चभौतिक शरीर । नेपालको इतिहासमा एक असल, इमानदार र आदर्श राजनेताका रूपमा चम्किला ध्रुवतारासमान तथा एक मार्गदर्शक साहित्यिक धरोहरका रूपमा उनको स्थान निर्विवाद उच्च छ ।