breakingसमाचारवी पी विचारनेपाली कांग्रेस

काँगे्रसलाई एकतावद्ध बनाउन गुटगत राजनीतिको अन्त्य हुनुपर्छ : जोशी

२२ माघ, रुपन्देही÷ वीपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशीले नेपाली काँगे्रसलाई एकवद्ध बनाउनको लागि गुटगत राजनीतिको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । वीपी विचार समाज रुपन्देहीको आयोजनामा बुधवार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता जोशीले गुटगत राजनीतिकै कारण पार्टी निरन्तर कमजोर हुँदै गएको दाबी गर्नुभयो ।
 

 
समाजका रुपन्देही सभापति सरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेता जोशीले वर्तमान समयमा वीपीको विचारको महत्वका बारेमा चर्चा गर्नुभएको थियो ।
सोही कार्यक्रममा बोल्दै वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले केन्द्रीय प्रतिनिधिको देशब्यापी भ्रमणको उदेश्यका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले वीपीको विचारलाई पार्टीभित्र स्थापित गर्नको लागि आफूहरुले देशब्यापी विभिन्न कार्यक्रमहरुको आयोजना गरेको जानकारी दिनुभयो । काँगे्रसभित्र मौलाउँदै गएको गुटगत राजनीतिको अन्त्यका लागि समाजले अग्रसरता देखाएको उहाँको भनाई छ ।
 

 
सोही कार्यक्रममा वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य सुरेन्द्र हमाल, समाजका रुपन्देही सभापति सरद भट्टराई,बुटवलका नगरसभापति नारायण अधिकारी, क्षेत्र नंवर २ का क्षेत्रीय सभापति हरि अर्याल, क्षेत्रीय प्रतिनिधि वेदनिधी पौडेल, वीपी विचार समाजका सदस्य प्रकाशचन्द भुसाल, देवदह नगरपालिकाका नगर सचिव शंकर गिरी, प्राध्यापक आशिस न्यौपाने लगायतले आफ्ना विचार राख्नुभएको थियो ।

nema
Show More

Related Articles

Back to top button