वी पी विचार

राष्ट्रिय जीवनका महङ्खवपूर्ण आधारस्तम्भ बिपी कोइराला – माधवहरि पौडेल

 
ससं ारमा मानिस जन्मन  र मर्न  क्रम ससं ारका  उत्पत्ति भएपछि मानव
सभ्यताको विकास भएदेखि निरन्तर चलिरहेको थियो, चलिरहेको छ र चलिरहने
छ । तर, संसारमा मानव भएर जन्म लिएपछि आफू तथा परिवार, इष्टमित्र,
आफन्त साथी सँगातीका लागि मात्र नभई समाज तथा देशका लागि पनि आफ्ना
स्थानबाट सकके  कार्य सक्दा रुपमा गनर्पु र्न  मानवका कतवर्  हनु आउँछ ।
यसलाई मानव धर्मको एउटा पाटोका रुपमा पनि व्याख्या गर्न सकिन्छ । जन्मने,
सन्तानको उत्पादन गर्न, भोकमा खाने, प्यासमा पिउने, निद्रामा सुत्नेजस्ता
कायर्ह रु तथा जीवनका समाप्तिमा मनर्जे स्ता कायर्ह रु त पशपु क्षील पनि गदर्छ न् ।
यी सबैभन्दा माथि उठी समाजमा बसी आपसी समाजदारीमा आफ्नो जीवनको
सञ्चालन गर्न  भएकाले नै मानवलार्इ सामाजिक, विवकेशील तथा सरवश्रेषट प्राणी
भनिएको हो । साधारण मानव जीवनबाट माथि उठेर समाज, राष्ट्र तथा
सम्पूर्ण मानवका लागि नै आफ्नो जीवन समर्पित गरी कार्य गर्ने मानिस
कालान्तरमा महामानव कहलाउँछन् । जसको जीवनको लक्ष्य नै सम्पूर्ण मानव
जातिको हित तथा कल्याण गर्ने हुन्छ । जहाँ भोक, प्यास, निद्रा, भय, शोक
तथा सुर्ताबाट माथि उठेर सम्पूर्ण मानवको आदर्श व्यक्ति बन्दछ । त्यस्तै
महामानवमध्ये एक हुन बिपी कोइराला । बिपी कोइरालाको पूरा नाम विश्वेश्वरप्रसाद
कोइराला हो । उनी बहुप्रतिभाका धनी बहुआयामिक व्यक्तित्व हुन् । उनी आम
मानिसले चिन्ने कुशल, राजनीतिज्ञ र सिद्धहस्त साहित्यकार मात्र हैनन्, उनी
नीतिकार मनोविश्लेषक तथा एक असल दार्शनिक पनि हुन् । नेपाली
विश्वेश्वरप्रसाद कोइराला ९९
राजनीतिको एक युग नै नेतृत्व गरी राजनीतिक ज्ञानको स्रोत बनेका युगपुरुष
बिपीलाई कुशल राजनीतिक चिन्तक तथा गहन विश्लेषकका रुपमा पनि चिन्न र
व्याख्या गर्न सकिन्छ ।
महामानव जननायक बिपी कोइरालाको जन्म वि. सं १९७१ साल भदौ २४
गते महान् सुधारक तथा समाजसेवी कृष्णप्रसाद कोइरालाकी कान्छी धर्मपत्नी
दिव्यादेवी कोइरालाको कोखबाट भारतको बनारसमा भएको हो । बिपी कोइरालकी
तीनओटी आमाहरुमध्ये जेठी आमाको प्रसूति वेदनाका कारणले मृत्यु भएको थियो
भने माहिली आमाको कोखबाट राणाशासन समाप्त भएपछि प्रथम जनताका छोरा
प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको जन्म भयो । कान्छी आमापट्टिबाट प्रथम
जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाका साथै तीन भाइ तथा एक
बहिनीको जन्म भएको थियो । बिपी कोइरालाका कान्छा भाई गिरिजाप्रसाद कोइराला
त धेरै पटक प्रधानमन्त्री भई नेपालीको राजनीतिक आशाको केन्द्रबिन्दुमा पनि रहे ।
कुनै पनि मानिसले आफ्नो जीवनमा केही राम्रो काम गर्न तथा असल र
आदर्श व्यक्ति बन्न कसै न कसैबाट सत्प्रेरणा लिएकै हुन्छन् । ती बाबु आमा नै
हुन सक्छन् वा परिवारका अन्य कोही सदस्य वा छिमेकी, इष्टमित्र, आफन्तजन,
साथीसँगाती कोही पनि हुन सक्छन् । सत्प्रेरणा आफूभन्दा बढी उमेरका व्यक्तिसँग
मात्र होइन, आफूभन्दा कम उमेरका व्यक्तिबाट पनि प्राप्त गर्न सकिन्छ । त्यस्तै
बिपीले पनि आफ्नो पिता र माताबाट सत्प्रेरणा पाएका थिए । पिताको सङ्घ
सुधारको नीति, समाज सुधार र राष्ट्रप्रेमको भावना तथा शिक्षाको विकासप्रति
समर्पणको भावना एवम् आमाको नैतिकता, उच्च साहसिकता तथा सन्तानको
सर्वाङ्गीण विकासप्रतिको समर्पण आदि उनका प्रेरणाका स्रोत हुन् । साथै भारतका
स्वतन्त्रता सेनानी राष्ट्रपिता महात्मा गान्धी, भारतका प्रसिद्ध समाजवादी नेता
लोकनायक भनेर चिनिने जयप्रकाश नारायण आदि जस्ता व्यक्ति पनि उनका
प्रेरणाका स्रोत हुन् । त्यसैगरी साहित्यिक क्षेत्रका फाँटका विश्वप्रसिद्ध मनोविश्लेषक
सिग्मड फ्रायड पनि उनका प्रेरणाका स्रोत हुन् । फ्रायडवादी चिन्तनमा रहेर कलम
चलाउने भएर उनलाई फ्रायडवादी आख्यानकार भनेर पनि चिनिन्छ ।
बिपी कोइरालाको बाल्यकाल दुःखकष्टका साथ बित्यो । राणाशासकको
इच्छाविपरीत कार्य गरेकाले उनका पिताले परिवारसहित निर्वासनमा जान बाध्य
हुनुपरेको थियो । त्यही निर्वासनको क्रममा उनको जन्म बनारमा भएको थियो ।
चालीस, पतंै ालीस जनाका े परिवार पाल्न उनका पिताल े धरे ै दःु ख, कष्ट गनर्पु रके ो
थिया े । धरे ै कष्ट बहे ाने र्पु र े पनि बिपीका पितामा धयै र्, समाज सधु ारका े भावना तथा
१०० निबन्ध संग्रह
शिक्षाप्रति प्रेमको भावनाजस्ता गुणहरु कहिल्यै पनि मेटिएनन्, जुन बिपीका लागि
प्रेरणाको स्रोत बन्यो । बिपीमा राजनीतिक चेतना विद्यालय तहमा अध्ययन
गर्दादेखि नै आउन शुरु भएको थियो । उनले विद्यालय तहमा अध्ययन गर्दादेखि
नै भारतमा हुने गरेको स्वतन्त्रता सङ्ग्राममा विभिन्न चरणमा भाग लिएका थिए ।
साथै पक्राउ परी जेलजीवनसमेत भोगेका थिए । उनले भारतमा जेल जीवन भोग्ने
क्रममा स्वतन्त्र भारतका प्रथम राष्ट्रपति (पछि गएर भएका) डा. राजेन्द्रप्रसादको
पनि केही समय सङ्गत गरेका थिए । डा. राजेन्द्रप्रसादले पनि जेल जीवन भोग्ने
क्रममा उनीसँग कोइरालाको भेट भएको थियो ।
भारत हुँदै उनमा विकसित भएको राजनीतिक चेतना तथा ज्ञान तथा
भारतीय स्वतन्त्रता सङ्ग्राममा भोगेको अनुभवले उनलाई वि.सं. २००३ साल माघ
१३ गते नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना गर्न तथा नेपालमा पहिलोपटक
विराटनगरमा गरिएको मिल मजदूरहरुको हडताल सञ्चालन गर्न मद्दत ग¥यो ।
बिपी कोइरालाका असल साथीका रुपमा रहेका प्रसिद्ध भारतीय समाजवादी नेता
लोकनायक भनेर चिनिने जयप्रकाश नारायण, राममनोहर लोहिया आदिको सङ्गत
उनको प्रारम्भिक जीवनबाट नै भएकोले पनि उनलाई राजनीतिक चेतना तथा
ज्ञानको विकास गर्न मद्दत ग¥यो । साथै भारतका राष्ट्रपितासँग (महात्मा गान्धी)
सँगको छोटा सङ्गत तथा स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल
नेहरुसँगको सङ्गतले पनि उनलाई मद्दत ग¥यो । जसले गर्दा पछि उनलाई
राजनीति गर्न सजिलो भयो ।
बिपी कोइरालाले सन् १९३२ मा इन्टर मिडिएट, सन् १९३४ मा राजनीतिशास्त्र
र अर्थशास्त्रमा स्नातकहसम्मको अध्ययन गरेका हुन् । साथै सन् १९३६ मा उनले
कानूनमा स्नातक गरेका हुन् । तत्पश्चात् उनी दार्जिलिङ पुगी धरणीधर कोइराला,
सूर्यविक्रम ज्ञवाली आदिसँग सँगै बसी वकालत शुरु गरेका थिए । उनको
कानूनको ज्ञान तथा कुशल अधिवक्ताका रुपमा प्रस्तुत हुने कला उनलाई
पञ्चायतकालमा उनीमाथि लगाएका विभिन्न ७ वटा मुद्दामा अदालतमा दिएको
बयानबाट प्रस्ट थाहा हुन्छ । उनको बहुआयामिकता यहाँ आएर झल्किन्छ । बिपीले
७ ओटा मुद्दामा आफूले बयान गरेपछि वरिष्ठ वकिलहरुसँग बहस पनि सुन्ने
गर्दथे । यस्तो बहसमा सहभागी हुन पाउँदा र ती वरिष्ठ वकिलहरुको दलिल
सुन्दा उनीहरुलाई बेलाबेलामा धन्यवाद पनि दिन चुक्दैनथे । तर, उनले आफूले
बयान दिए पनि आफ्नो भनाइ अझ फराकिलो पार्न लिखित बयान पनि दिएका
थिए । उनी एक सफल कानूनविद् थिए । उनले दार्जिलिङमा वकालत गरेका
विश्वेश्वरप्रसाद कोइराला १०१
थिए । त्यसैले गर्दा उनले आफूविरुद्ध लागेका मुद्दाको दायरालाई फराकिलो पारेको
सायद अदालतको नजिरमा पहिलो सूची हुन पुगेको छ ।
उनले आफ्नो लिखित बयानमा कानून तथा राजनीतिक विभिन्न समस्या, प्रतिकूलता,
आवश्यक समाधान आदि कुरामा विश्लेषण गरेका छन् । बिपीको उक्त लिखित बहसपछि
बयान पुस्तिकाको आकारमा प्रकाशित भई उनको राजनीतिक दर्शन बुझ्ने साहित्य बन्न
पुग्यो । यसरी थाहा हुन्छ कि उनी सफल कानूनविद् तथा कानूनका ज्ञाता पनि हुन् ।
उनका े वकालत गर्न े ताकिर्क क्षमता दखे रे तत्कालीन निरङक् शु शासकका े पनि सातापे त्ु लो
उडेको थियो । उनको कानूनी तार्किक क्षमता देखेर, सुनेर उनको मुद्दा हेर्न तत्कालीन
न्यायाधीशले उनलाई सम्पूर्ण दोष तथा मुद्दाबाट मुक्ति दिएका थिए ।
बिपी कोइरालाको जीवनको एक पाटो राजनीतिज्ञका रुपमा रहेको छ भने
अर्का े पाटा े सिद्धहस्त साहित्यकारका रुपमा । उनका े साहित्यिक यात्रा, साहित्यको
पक्ष र क्षेत्र तथा रचनाकृति एवम् कृतित्वको चर्चा नगरी उनलाई राजनीतिक
व्यक्तिका रुपमा मात्र प्रस्ततु गर्न ु न्यायसङ्गत हँुदनै । त्यसलै ,े उनल े नपे ाली
साहित्यको भण्डारको विकासमा पु¥याएको योगदानको चर्चा तथा महत्त्वको व्याख्या
अत्यन्तै महत्त्वपूर्ण रहेको छ । नेपाली साहित्यले बेलाबखत एउटा युगपुरुषको
तथा युगनायकको जन्म दिँदै आएको इतिहास हामी सबैसामु सर्वविदितै छ ।
जस्तो महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, महान्
नाटककार बालकृष्ण सम, राष्ट्रकवि माधवप्रसाद घिमिरे, युगकवि सिद्धिचरण श्रेष्ठ
आदि । जसमा केहीले स्वच्छदतावादलाई बढी महत्त्व दिए त केही भौतिक
दर्शनबाट बढी प्रभावित भए भने केही अध्यात्मवादबाट । तर, यी सबै सफल व्यक्ति
केवल एकै क्षेत्र साहित्यबाट माथि उठेर आएका हुन् भन्दा दुईमत नहोला ।
तर, एउटै व्यक्ति राजनीति र साहित्य दुवैतर्फ उत्तिकै परिचित हुन पुगेको
इतिहास पाउन दुर्लभ छ । राजनीति र साहित्य दुवैतर्फ उत्तिकै परिचित हुन पुगेका
व्यक्तिमध्ये एक प्रसिद्ध व्यक्ति बेलायतका भूतवूर्व प्रधानमन्त्री विन्स्टन पनि हुन् ।
उनले राजनीतिमा प्रधानमन्त्री भई ख्याति तथा प्रसिद्धि कमाउनुका साथै साहित्य
विधातर्फ नोबेल पुरस्कार पनि पाएका थिए । त्यसैगरी बिपी कोइराला पनि
राजनीति र साहित्य दुवैतर्फका दुवै क्षेत्रका उज्ज्वल नक्षत्र हुन् । अझ घतलाग्दो
कुरा त के छ भने एउटा महान् राजनीतिज्ञ हुँदाहँदै पनि त्यसको एक अंश पनि
आफ्ना े साहित्यबाट छाडे ्न नचाहनबु ाट उनका े यात्रालार्इ दर्इु अलग व्यक्तिका े झंै
छ । कहिले उनी साहित्यको विशाल सागरमा चुर्लम्म डुब्थे भने त कहिले
राजनीतिक परिस्थितिसँग नेतृत्वदायी भूमिकामा रहेर जुध्न पुग्दथे ।
१०२ निबन्ध संग्रह
नेपाली साहित्यमा कथाकार बिपी कोइराला पहिलो मनोवैज्ञानिक कथाकार
हुन् भन्दा सायद अतिशयोक्ति नहोला । जब उनी वकिल पेसा अपनाउन दार्जिलिङ
आए, उनले त्यहाँ नेपाली साहित्यका सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला
आदिको सङ्गतमा बसेपछि नेपाली कथामा ‘चन्द्रवदन’ नै उनको पहिलो कथा हुन
पग्ु दछ । यद्यपि, बनारमा छदँ ा हिन्दीमा थपु ै्र कथा उनल े लेि खसकके ा थिए । जनु
हिन्दू पत्रिकाहरुमा प्रकाशित भएका थिए । मानवीय मनोविज्ञान तथा यौन मनोविज्ञानलाई
सक्ष्ू म विश्लष्े ाण गरी सफल ढङग् बाट पक्र ाश पार्न े कथाकार बिपी काइे राला नपे ाली
साहित्यका उज्ज्वल नक्षत्र हुन् । पहिलो कथा ‘चन्द्रवदन’बाटै उनको साहित्यिक
व्यक्तित्व तिखारिर्इ र निखारिर्इ सकके ा े थिया े । उनका े कथाका े अर्का े विशष्े ाता यानै
मनोविज्ञानलाई अत्यन्त प्रभावकारी रुपले प्रस्तुत गर्न सफल हुनु हो ।
नेपाली आधुनिक कथाको पहिलो चरणदेखि नै चर्चित र प्रसिद्ध बनेको
कोइरालाको कथाको आफ्नै मौलिक मूल्य छ । उनका कथा तथा उपन्यास
अस्तित्ववादी दर्शनमा आधारित भए पनि फ्रायडीय चिन्तनलाई पनि समेटेका
छन् । आत्मा र शरीरको के सम्बन्ध छ भन्ने कुरा पनि उपन्यासले देखाउँछन् ।
नेपाली साहित्य जगत्मा कथा तथा उपन्यास विधामा उनी विशिष्ट व्यक्तित्वको
रुपमा सम्मानित छन् । पञ्चायतकालमा उनी जेल नपरेका भए उनका उपन्यास
नेपाली साहित्यले पाउने थिएन । जेलको फुर्सदको समयले गहकिला छ उपन्यास
नेपाली साहित्यलाई दियो । उनको आफ्नो कथा कथा मात्र होइन, नेपालको बल्दो
जिउँदो जाग्दो इतिहास पनि हो । राजनीतिमा उनी समाजवादी थिए भने
साहित्यमा अस्तित्ववादी र अराजकवादी हुँ भनी आफैले बताएका छन् ।
छोटो कथा, मीठो प्रस्तुति, पात्रहरुका खास खास मनोवैज्ञानिक पक्षहरुलाई
यथार्थमा प्रदर्शन गराउन सक्नु उनको विशिष्ट गुण हो । यद्यपि, भाषागत र
शैलीगत हलुकापन केही रुपमा उनका कृतिमा नभएका पनि होइनन् । तर,
मनावे ज्ञै ानिक व्यक्तिकरणमा दखे ापर्न े उनका े व्यक्तित्वका े छाप भन े साह्र ै प्रभावकारी
र अमिट छ । यगु परुु ष स्व बिपी काइे राला खलु रे भन्न े गर्थ े कि राजनीतिमा सानो
मानिसलाई पनि पोशाक चाहिन्छ । तर, साहित्यमा सम्राट् पनि निर्वस्त्र हुन्छ । मेरो
साहित्यिक क्षत्रे मरे ा आत्माभिमखु ी कृतिअन्तगर्त पर्न े क्षत्रे हा े भन्न े बिपी यस क्षत्रे का
प्राधान्य समाज हुँदैन, व्यक्तिको रहन्छ पनि भनेर भन्ने गर्दथे ।
बिपी कोइरालाका उपन्यासका विशेषताहरु चाहिँ चिन्तनप्रधान, संस्मरणात्मक,
आस्थावादिता, मनोविश्लेषणपरकता, दार्शनिक पक्षको सफल तथा सबल उठान,
सजीवता आदि हुन् । उनले आफ्नो कथा तथा उपन्यासमा सूक्ष्म रुपले विश्लेषणात्मक
विश्वेश्वरप्रसाद कोइराला १०३
रुपमा यौन तथा मनोविज्ञानलाई घुसाएका छन् । यौनप्रधान भए तापनि ती ज्यादै
अश्लील तथा भद्दा शैलीका छैनन् र त्यति लाग्दैनन् पनि । उनले आफ्नो कथा
तथा उपन्यासमा विशेषगरी नारी पात्रभित्र रहेका यौनकुण्ठा, उत्काण्ठा तथा नारी
पात्रले भोग्नुपरेका उत्पीडनलाई विशेष महत्त्व दिई सजीव चित्रण गरेका छन् ।
आजभन्दा पचास साठी वर्ष अगाडिको परिवेशमा समाजले नारीभित्र रहेका मनका
रहरहरुलाई मार्न बाध्य बनाउँथ्यो । अनमेल विवाह, बाल विवाह, बाल वैधव्य
जीवनजस्ता कुसंस्कारले गर्दा नारीले यौन कुण्ठा मनमा लिएर बाँच्न बाध्य
हनु पु थ्र्या े । चाह े त्या े मधशे तिर कथाकी विधवा, कनर्ले का े घाडे ा कथाकी कनलर््े नी
वा श्वेतभैरवी कथाकी फागुनी नै किन नहुन् । बिपीले आफ्ना कथामा नेपाली
जनजीवनमा प्रचलित उखानलाई पनि मनोविश्लेषणात्मक रुपमा केलाएका छन् ।
उनले ‘दोषी चस्मा’, ‘शत्रु’ कथामा बनेको बाघले नखाए पनि मनको बाघले खान्छ
भन्ने उखानलाई अत्यन्तै आकर्षक तथा सटिक ढङ्ग र तरिकाले प्रयोग गरेका छन् ।
यसबाट पनि थाहा हुन्छ कि उनी नेपाली जनजीवनको हरेक अङ्गसँग चिरपरिचित
व्यक्ति हुन् । यसबाट पनि उनले बहुआयामिक व्यक्तित्व झल्किन्छ । उनका विभिन्न
कथाका पात्रको मनोवृत्तिका बारेमा गहिरो अध्ययन गरी मनोविश्लेषण गरेको देख्दा
उनी साहित्यकार नभएर मनोविश्लेषक मात्र हुन् कि भन्ने भान पनि पर्न सक्दछ ।
उनका उपन्यासहरु ‘हिटलर र यहुदी’, ‘मोदीआइन’, ‘बाबु आमा र छोरा’,
‘सुम्निमा’, ‘नरेन्द्र दाई’ र ‘तीन घुम्ती’ हुन् । यी उपन्यासका पात्रहरुका माध्यमबाट
उनले यौन मनोविश्लेषण तथा मनोविश्लेषणको दायरालाई फराकिलो र समृद्ध
पारेका छन् । ‘सुम्निमा’ उपन्यासमा उनले प्रयोग गरेको आर्य तथा भिल्ला
संस्कृतिको मिलन, ‘मोदीआइन’मा प्रयोग गरेको श्रीमद्भगवद्गीताको ज्ञान तथा
‘हिटलर र यहुदी’मा प्रयोग गरेको ऐतिहासिकताले पाठकलाई झन् रोमाञ्चकारी
अनभूति दिलाई रोमाञ्चित बनाउँदछ । साथै उनको बहुआयामिक व्यक्तित्व तथा
प्रतिभाप्रति नतमस्तक बनाउँदछ । उनका विभिन्न कथा तथा उपन्यासका पात्रहरुको
सजीवता र यथार्थता यतिसम्म छ कि बिपीको कथा उपन्यास पढ्दा यी पात्रहरु
हाम्रै समाजमा वरिपरि नै छन्जस्तो लाग्छ । वास्तवमा बिपीले यथार्थ जीवनमा
उपलब्ध हनु े पात्रहरु टिपरे न ै साहित्य सिजर्न ा गदर्थ े । तिसा ंै वषर्अ गाडि लेि खएको
भए तापनि उनका कथा तथा उपन्यासका पात्रहरु अहिले पनि समाजमा यत्रतत्र
भेटिन्छन् । उनका कथा तथा उपन्यासका पात्रहरुसँग दुरुस्तै मेल खाने व्यक्ति
अहिले पनि खोज्दा भेटिन्छन् । त्यसैले उनलाई नेपाली जनजीवनका हरेक कणसँग
परिचित र जानकार साहित्यकार पनि भन्न सकिन्छ ।
१०४ निबन्ध संग्रह
आफलू ार्इ राजनीतिमा एउटा व्यक्ति र साहित्यमा एकदम अर्का े व्यक्ति हँु भनरे
भन्ने बिपी आफ्नो जीवनलाई किताबको खुलेको पानो हो भनेर भन्ने गर्दथे ।
उनका राजनीतिक कृतिहरु प्नि प्रशस्त मात्रामा प्रकाशित भएका छन् । उनका
राजनीतिक कृतिहरु विशेषगरी ‘क्रान्ति’, ‘प्रजातान्त्रिक समाजवाद’, ‘लोकतन्त्र,
राष्ट्र, राष्ट्रियता, एकता, मेलमिलाप आदिजस्ता विषयमा लेखिएका छन् । यसैगरी
उनले अङ्ग्रेजीमा पनि केही कृति तयार पारेका थिए ।
बिपीले वि.सं. २०१७ साल पुस १ गतेदेखि वि.सं. २०२५ सम्मको आफ्नो जेल
जीवनको भोगाइलाई समेटेर लेखेको डायरी जेल जर्नल नामक पुस्तकका रुपमा
पनि पक्र ाशित छ । साथ,ै उनल े भागे के ा भागे ाइहरुलार्इ समेि टएका े बिपी काइे रालाको
आत्मवृत्तान्त नामक पुस्तक पनि प्रकाशित छ । यी दुवै पुस्तक नेपाली साहित्यिक
तथा राजनीतिक चेतना भएका पाठकका निम्ति महत्त्वपूर्ण रहेका छन् । बिपीले
गरेका सङ्घर्ष, उनको दर्शन, विचार, उनको राजनीतिक तथा साहित्यिक जीवनका
आरोह–अवरोह थाहा पाउन सकिन्छ । साथै जेल जर्नल तथा आत्मवृत्तान्तबाट उनको
देशप्रतिको माया र देशक्तिको भावना कतिसम्म छ भनेर थाहा पाउन सकिन्छ ।
बिपी कोइरालाको बहुआयामिकतामा उनको नेपाली आममानिसमा चर्चित र
परिचित प्रखर तथा कुशल वक्ताको छवि पनि पर्दछ । बिपी नेपालको प्रजातान्त्रिक
आन्दमोलनका महासेनानी मात्र होइनन्, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त राजनीतिक
चिन्तकका साथै वरिष्ठ विचारक पनि हुन् । उनी नेपालका प्रतिष्ठित र लोकप्रिय
साहित्यिक तथा राजनीतिक प्रतिभाका धनी व्यक्ति हुन् । बिपी कोइराला नेपाली
साहित्यिक तथा राजनीतिक क्षत्रे का े एक यगु का े नते ृत्व गर्न े यगु परुु ष पनि हनु ् ।
उनले राजनीतिक तथा साहित्यिक क्षेत्रमा दिएको दर्शन मात्र महत्त्वपूर्ण छैनन्
अपितु उनले विभिन्न समयमा सार्वजनिक सभा, आम सभा–समारोह, विशेष
कार्यक्रम आदिमा व्यक्त गरेको विचार, भनाइ, उद्गार आदि पनि उत्तिकै महत्त्वपूर्ण
र मननीय छन् । उनको महत्त्वपूर्ण भनाइमध्ये ‘एक कम से कम मजस्तै एउटा
नेपालीको आर्थिक स्थिति होस्, एउटा घर होस, एक दुईओटा गाईवस्तु र एक
हल गोरु प्नि होऊन्, ओखतीमूलो गर्न सकून, सबैले पढ्न पाऊन्, खान र
लाउनका े समस्या नहासे ् भनी हामी राजनीतिकमा लागके ा हा ंै ।’ भन्न े भनाइ
आजको सन्दर्भमा पनि उत्तिकै महत्त्वपूर्ण, सान्दर्भिक र मार्मिक रहेको छ । उनले
या े करु ा आजभन्दा पंिै तस चालिस वर्ष अगाडिका े परिवशे मा बाले के ा थिए ।
त्यतिखेरको समयमा पनि आमनेपालीले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यजस्ता
आधारभतू आवश्यकता परू ा गर्न कडा सङ्घर्ष गनर्पु थ्र्या े र अहिलके ा े स्थिति पनि
विश्वेश्वरप्रसाद कोइराला १०५
त्यही नै छ । त्यसैले उनको यो विचारको नवीनता र सान्दर्भिकता कायम रहिरहेको
छ । बिपीको मानवतावादी दर्शन यस भनाइबाट थाहा हुन्छ । उनको देशभक्तिसम्बन्धी
एक उद्गार त झनै महत्त्वपूर्ण छ । ‘देशको बारेमा द्विविधा भएका निर्णय लिनुपर्दा
आफूछेउको एक मुठी माटो हातमा लिनु, फाटेको लुगा लगाएका मानिसहरुलाई
साध्े न,ु शहीदहरुलार्इ सम्झन ु अनि ज े उत्तर आउँछ त्यही गर्न ु ।’ यस उद्गारबाट
उनको देशभक्तिको दर्शनलाई बुझ्न सकिन्छ । उनको मानवतावादी तथा
देशभक्तिसम्बन्धी भनाइलाई मिलाएर हेर्दा उनलाई यथार्थवादी दार्शनिकका रुपमा
पनि चित्रण गर्न सकिन्छ ।
ठूलाठूला दार्शनिकहरुको बोलीबाट साधारण मानिस मोहित हुन्छ, बोली,
व्यवहार र शलै ील े जनु मानिसलार्इ पनि प्रभावित पादर्छ । त्यसपछि ऊ सध ंै त्यस
व्यक्तिको प्रशंसा पनि गरिरहन्छ । त्यस्तै बिपी कोइरालाको व्यक्तित्व पनि बडो
अनौठो थियो र गहन किसिमको थियो । उनको बोली तथा विचारका प्रशंसक
असंख्य थिए । उनको विचारबाट तत्कालीन राजा महेन्द्र त यति प्रभावित थिए कि
उनलाई जेलमा थुनेर राखेको बेलामा पनि अप्ठ्यारो परेको बेला गोप्य रुपमा
विचारविमर्श गर्न र परामर्श लिन जेलमा भेट्न आउँथे ।
बिपी बहुआयामिक तथा बहुप्रतिभाका धनी व्यक्ति भएकाले उनको यो
विशेषताले गर्दा उनलाई जीवनमा असल साथीसँगाती फेला पार्न पनि मद्दत
पु¥यायो । जसबाट पनि उनले प्रखर तथा कुशल वक्ता बन्ने प्रेरणा पाए । मानिस
एक सामाजिक प्राणी हो । ऊ समाजमा बस्छ । समाजमा बस्ने हरेक मानिसलाई
उसको वरिपरिको वातावरण, परवेश, साथसँगाती आदिले प्रत्यक्ष प्रभाव पार्दछन् ।
त्यहीअनुरुप बिपी कोइरालाको पारिवारिक, राजनीतिक तथा साहित्यिक जीवनमा
पनि विभिन्न व्यक्तिहरुको सङ्गतको प्रभाव पा¥यो । उनको शुरुका प्रेरणाका स्रोत
बाबु र आमा अभिभावक मात्रै थिएनन् असल साथी पनि थिए । उनले आमा र
बाबुबाट स्पष्ट तथा कुशल प्रखर वक्ता बन्ने प्रेरणा पाएका थिए । उनका बाबुले
देश र जनताको हालत र स्थिति राणासामु देखाउँदा निर्वासन भोग्न बाध्य
हुनुपरेको थियो । साधारण ढाक्रेसँग पैसा दिई किनेको जुम्रैजुम्रा भएको फाटेको
टालेको गन्हाउने लुगा त्यतिखेरका प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरकहाँ पठाउँदा
उनी राणाको तारो बनेका थिए । उनकी आमा पनि उच्च नैतिकता तथा
साहसिकता भएकी नारी थिइन् । जब बिपी जेलमा सुधारको माग राखी अनसन
बसेका थिए, त्यसबाट आत्तिएका तत्कालीन प्रधानमन्त्री श्री ३ मोहनशमशेरले तिम्रो
छोरा मर्ला, सम्झाऊ भन्दा उनले मैले दुलाहालाई पनि यहीँ सेलाएकी थिएँ,
१०६ निबन्ध संग्रह
छोराका लागि पनि कात्रो ल्याएकी छु भनेर जवाफ दिएकी थिइन् । बिपीका बाबु
कृष्णप्रसाद कोइरालाको जेलमै निधन भएको थियो । उनको पारिवारिक जीवनमा
भाइहरु प्नि असल साथीका रुपमा रहेका थिए । उनको राजनीतिक जीवनमा
असल साथीका रुपमा रहेका प्रसिद्ध समाजवादी नेता जयप्रकाश नारायण,
भारतका राष्ट्रपिता तथा महान् स्वतन्त्रता सेनानी महात्मा गान्धी, भारतका प्रथम
प्रधानमन्त्री जवाहरलाल नेहरु आदिको सङ्गतले पनि उनलाई आफूलाई स्पष्ट,
कुशल तथा प्रखर वक्ता बनाउन सघाउ पु¥यायो । उनको राजनीतक जीवनमा
असल साथीका रुपमा रहेका कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले पनि उनको
स्पष्टता, सरलता र प्रखरताको प्रशंसा गरेका छन् । बिपीलाई आममानसिको
भावना बुझेर त्यहीअनुरुपको विचार राख्ने नेताका रुपमा पनि चित्रण गर्न
सकिन्छ । आमनेपाली जनताको आवश्यकता, इच्छा तथा चाहनाको मर्म बुझेर
उनी आफ्नो विचार व्यक्त गर्दथे ।
बिपी कुशल तथा प्रखर वक्ता मात्र थिएनकन्, उनी सफल नीतिकार पनि
थिए । उनलाई राष्ट्रिय मेलमिलाप नीतिका नीतिकारका रुपमा पनि चिनिन्छ ।
साथै प्रजातान्त्रिक समाजवादका व्याख्याता र प्रणेताका रुपमा पनि चिनिन्छ ।
वि.सं. २०१५ मा सम्पन्न भएको नेपालको पहिलो आमनिर्वाचनबाट निर्वाचित भई
प्रथम जननिर्वाचित प्रधानमन्त्रीको रुपमा कार्य थालेको डेढ वर्षपछि नै वि.सं.
२०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले उनी नेतृत्वको मन्त्रीमण्डल विघटन
गरी जेल हालेका थिए । विस २०१७ देखि विस २०२५ सम्म जेलमा बसेर छुटेपछि
उनी भारतमा निर्वासित हुन गएका थिए । उनीसँगै जेलमा बसेका उनका सहयोगी
पनि निर्वाचित हुन पुगेका थिए । विस २०३३ साल पुष १६ गते उनी मेलमिलापको
नीति लिएर दशे फकर्के ा थिए । यदि उनी कदाचित् नपे ाल आए भन े नपे ाल
सरकारले उनलाई गिरफ्तार नगरी छाड्ने छैन भन्ने उनलाई थाहा थियो । साथै
उनीमाथि तत्कालीन निरङ्कुश पञ्चायती शासकहरुले लगाएको राजकाजसम्बन्धी
७ ओटा मुद्दामा फाँसीको माग गरिन सक्छ भनेर थाहा दिने काम उनका
सहयोगीहरुले गरेका थिए । तर, त्यस बेला देशमा सङ्कट थियो । यसै कुरालाई
ध्यानमा राखी देशमा बाहिरी दुश्मनभन्दा भित्री दुश्मन नै बढी खतरनाक हुन्छन्
भन्न े करु ालार्इ आत्मसात् गरी स्वदशे फकर्न े साचे ी उनी दशे फकर्के ा थिए ।
देशमा सङ्कट थियो र देशलाई उनको आवश्यकता थियो । त्यसैले म एउटा
मारिँदा नेपाल नमरोस् । तर, नेपाल म¥यो भने आमनेपालीको बिचल्ली हुन्छ भनी
नपे ालका े राष्ट्रियता, अखण्डता र सावर्भ ाैि मकतालार्इ बचाउन ु न ै आफ्ना े सवार्पे रि
विश्वेश्वरप्रसाद कोइराला १०७
कर्तव्य सम्झी वि.सं. २०३३, पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर उनी
देश फकर्के ा हनु ् । यसबाट थाहा हन्ु छ कि राष्टिय« ता, अखण्डता र राष्टक« ो
सार्वभौमिकता बचाउन उनी सबैसँग मेलमिलाप गर्न चाहन्थे । रजो र तमो गुणहरु
त्यागी साङ्खिवक गुण अँगालेर सबैसँग मेलमिलाप गरेर अघि बढेमा मात्र राष्ट्रको विकास
भई शान्ति र अमनचयन कायम हुन्छ भन्ने उनको विचार थियो । बिपीका विरोधीहरुले
उनको मेलमिलाप नीतिलाई अपव्याख्या गरेर उनलाई अपमान गरी मनोबल गिराउन
खोज्दा पनि उनले हार नमानी आफ्नो मेलमिलाप नीतिलाई लिएर अघि बढेका थिए ।
बिपीको मेलमिलापको नीतिको सान्दर्भिकता उनको जीवनकालभरि मात्र
हाइे न, उनका े निधन भएका े तिसा ंै वषर्प छि आज पनि छ र भविष्यमा पनि
रहिरहनेछ । किनकि, मेलमिलापको नीतिले मात्र भ्रातृत्व र सद्भाव कायम गरी
राष्ट्रियताको भावना उत्पन्न हुँदै राष्ट्रिय अखण्डताको संरक्षण हन्छ, जसले दिगो
शान्ति तथा समानताको स्थापनामा मद्दत गर्दछ ।
विश्वमा धेरै समाजवादी नेताहरु आए, समाजवादको व्याख्या गरे, जसमा
सफलता भने थोरैले मात्र हात पार्न सके । नेपाली माटोलाई हात लिई छातीमा
घसी भावविभारे भएर क्लान्त स्वरमा समाजवादका े व्याख्या गर्न े यगु परुु ष विश्व
समाजवादी आन्दोलनका अग्रपङ्क्तिका नेता, प्रजातान्त्रिक समाजवादका प्रणेता,
बिपी कोइरालको दर्शनलाई जति लेख्न खोजे पनि थोरै हुन्छ । स्व. बिपी कोइराला
समाजवादको व्याख्या गर्दा सधैँ नेपालका गाउँले, पिछडिएका, बेरोजगार, अशिक्षित
जनतालाई माध्यम बनाएर मात्र सुरु गर्दथे । कृषक वर्गको बाहुल्य रहेको नेपाली
समाजमा उनी प्रत्येक गाउँले परिवारलाई आफूसरह बनाउने कल्पना गर्दथे ।
उनका े समाजवादमा निहित समाजवादका े एक अर्थ समानताका े अर्का े रुप आथिर्क
समानता हो । सबै नागरिकहरु आर्थिक दृष्टिमा समान हुनुपर्दछ भन्ने उनको
विचार रहेको छ । समाजवाद आर्थिक विषमताको घोर विरोधी छ । बिपी कोइराला
भन्थे आर्थिक समानतामा उत्पादनको वृद्धि अपेक्षित हुन्छ । त्यसैले उनलाई
आमनेपाली मानिसको आर्थिक समानताका हिमायती पनि भन्न सकिन्छ । अतः
उनी आथिर्क याजे नाकारहरुलार्इ आफ्ना े कायर्क क्षमा लगाटंै ी लगाएर हला े जात्े दै
गरेको फोटो टाङ्न सुझाउँदथे ।
उनले प्रजातन्त्र र समाजवादलाई सधैँ सँगसँगै लैजाने अठोट गरेर हिँडे ।
प्रजातन्त्र र समाजवादलाई उनी सँगसँगै परिभाषित गर्दथे । समाजवादको एउटा
मुख्य लक्ष्य हुन्छ, जसले यस महान् आन्दोलनलाई प्रेरणा दिन्छ, त्यो हो समानता ।
समानता भनेको राजनीतिक तथा आर्थिक समानता दुवै हो भन्ने उनको विचार
१०८ निबन्ध संग्रह
थियो । यसप्रकार उनको प्रजातान्त्रिक समाजवादसम्बन्धी दर्शन बुझ्न सकिन्छ ।
विश्व समाजवादका पिता भनेर चिनिएका बिली ब्रान्टले पनि उनको समाजवादको
पश्र सं ा गरके ा छन ् । उनल े बिपीलार्इ सध ँै न ै जनताका हकका सरं क्षक, राष्टह« रुको
स्वतन्त्रताका पक्षपाती, स्वतन्त्र र न्यायपूर्ण बिपीलाई अन्तर्राष्ट्रिय प्रजातान्त्रिक
समाजवादी नेता भनेर पनि भनेका छन् । बिपीको समाजवादको व्याख्याको प्रशंसक
संसारभरि नै थिए र छन् । त्यसैले विश्वभरिका समाजवादी नेताहरुले बिपीलाई
महान् व्यक्तित्व, समृद्ध चिन्तक, गम्भीर दार्शनिक नेताका रुपमा चिन्दछन् ।
सुरुमा माक्र्सवादबाट प्रभावित भए पनि मूलतः गान्धी दर्शनबाट प्रभावित
भएका बिपी कोइराला राष्ट्रिय व्यक्तित्व मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि ख्याति
प्राप्त व्यक्ति हुन् । उनको सम्बन्ध भारतका प्रधानमन्त्रीहरु जवाहरलाल नेहरु,
इन्दिरा गान्धी, राष्ट्रपति डा. राजेन्द्रप्रसाद, प्रधानमन्त्रीहरु चन्द्रशेखर, मोरारजी
देसाई आदिदेखि लिएर भारतका प्रख्यात समाजवादी नेता लोकनायक जयप्रकाश
नारायण, राममनोहर लोहियासम्म थियो । उनको मित्रता बङ्गलादेशका पूर्वप्रधानमन्त्री
चान्सलर सोललिस्ट, इन्टरनेसनलका पूर्वअध्यक्ष बिली ब्रान्टसम्म थियो । साथै
उनको मित्रता अष्ट्रियाका भूपू चान्सलर ब्रुनो क्रेस्कीदेखि लिएर नीतिसम्बन्धी
विचार तथा अन्य विषयहरुसम्बन्धी विचार मननीय छन् । उनको विचारको
प्रशंसक विश्वभरि नै थिए छन् । उनको विचार, दर्शन, वाक्शैली आदिले गर्दा
संसारभरि नै उनको लोकप्रियता थियो ।
उनी जेलमा थुनिँदा भारतलगायत सबै संसारभरिका समाजवादी तथा अन्य
नेताहरुले पनि उनको रिहाइको मागसम्बन्धी आह्वान गरेबाट पनि यो स्पष्ट
हुन्छ । उनको लोकप्रियता यतिसम्म थियो कि जसबाट भारतका पूर्वप्रधानमन्त्रीहरु
जवाहरलाल नेहरु, इन्दिरा गान्धी पनि तर्सन्थे र डाह र ईष्र्या गर्दथे भन्नेसम्मको
भनाइ छ । बिपी कोइराला मानवतावादी नेता थिए । उनले बङ्गलादेशको
स्वतन्त्रतामा महत्त्वपूर्ण सहयोग पु¥याएका थिए । बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा
हतियार उपलब्ध गराएर सहयोग पु¥याएका थिए । जसबसाट कृतज्ञ भई बङ्गलादेश
यसबाट पनि उनको लोकप्रियतामा वृद्धि भएको छ । स्वतन्त्रताप्रेमी व्यक्ति भएकाले
नै उनले त्यो सहयोग पु¥याएका थिए । जसबाट सारा संसारले नै स्वतन्त्रता र
अधिकारको पाठ सिक्न सक्दछ ।
अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बिपी कोइराला नेपाली राष्ट्रिय जीवनका
महत्वपूर्ण आधारस्तम्भमध्ये एक हुन् । राष्ट्रिय जीवनमा उनको स्थान एकदमै
महत्त्वपूर्ण रहेको छ । उनलाई नेपाली आममानिसले महामानव, युगपुरुष, जननायक
विश्वेश्वरप्रसाद कोइराला १०९
आदि विशेषणले सम्मानित गरेका छन् । बिपी कोइराला प्रत्येक नेपालीका लागि
आदर्श व्यक्ति हुन् । बालक, युवा, प्रौढ, वृद्ध सबै उमेरसमूहका लागि उनी प्रिय
छन् । उनी कुशल राजनीतिज्ञ तथा सिद्धहस्त साहित्यकार मात्र हैनन् उनी नेपाल
आमाका महान् देशभक्त पुत्र पनि हुन् । बिपीबाट साहस, धीरता, निडरता,
देशभक्तिको भावना आदि गुण ग्रहण गर्न सकिन्छ । बिपी कोइराला नेपाल र
नेपालवासी नेपालीका बारेमा सोच्ने नेता हुन् । साथै उनी मानवअधिकार तथा
प्रजातन्त्रका े प्रखर वकालत गर्न े प्रजातन्त्रवादी तथा मानव अधिकारवादी नते ा
हुन् । उनको विचार थियो मानिस विनारोटी बाँच्न सक्छ । तर, अधिकार र
स्वतन्त्रताविना रहन सक्दैन । यसबाट उनी स्वतन्त्रतावादी नेता हुन् भन्ने थाहा
हुन्छ । उनी एक क्रान्तिकारी नेता थिए । उनी भन्दथे, ‘विश्वमा कुनै पनि बेला
भएको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तन नै क्रान्ति हो । उनी क्रान्तिका
पक्षधर थिए । तर, तथाकथित उग्रपन्थ र आतङ्कको होइन । उनमा एक कुशल
नेतृत्वकर्ताको गुण थियो । उनले नेतृत्वदायी भूमिका राम्रोसँग निर्वाह गरेका कारण
सबैले उनको खुलेर प्रशंसा गर्दथे । त्यसैले उनीबाट कुशल नेतृत्वकर्ता बन्ने तथा
नते ृत्वदायी भूि मका प्रदशर्न गर्न े ज्ञान प्राप्त गर्न सकिन्छ । भाके ाएका े पटे लिएर
कुनै पनि मान्छे क्रान्तिकारी हुन सक्दैन, पेटको प्रभावबाट कुनै पनि मान्छे
क्रान्तिकारी भएको छैन भन्ने बिपीको विचारबाट क्रान्तिकारीको प्रेरणा केवल आदर्श
तथा सिद्धान्त हुन्छ र केवल आदर्श तथा सिद्धान्तका निम्ति लड्नुपर्छ भन्ने शिक्षा
पाइन्छ । जुन कुराले जनताको हित हुन्छ, त्यही कुरा देशहितको कुरा हो भन्ने
बिपीको यो विचारबाट उनी देश तथा जनताको हितबारे मात्र सोच्ने हितैषी हुन्
भनेर भन्न सकिन्छ । बिपी मानिसको वाक् स्वतत्रताका पक्षधर व्यक्ति थिए । मेरो
बोल्ने मुखलाई नथुन, आउने समाजको आह्वान गर्छ मेरो मुखले, मेरो लेख्ने
कलमलाई नथाम, आगामी सत्यलाई इङ्गित गर्छ मेरो कलमले, मेरो गोडामा नेल
नलाऊ, नयाँ बाटोलाई पहिल्याउँछ मेरो गोडाले’ भन्ने उनको यो विचारबाट उनी
वाक् स्वतन्त्रताका पक्षधर हुन् भनेर थाहा पाउन सकिन्छ । बिपीबाट अहिलेका युवा
पस्ु ताल े सिक्नपु र्न े मख्ु य करु ाहरुमध्य े एक कनु ै पनि स्थितिमा नहडबडाउन ु हा े ।
बिपीलाई उनका जीवनका विभिन्न चरणमा सहयोगी तथा साथीले नै धोका दिई
विश्वासघात गर्दा पनि उनी हडबडाएका थिएनन् । धैर्यले काम गरेका थिए ।
उनलाई जीवनका विभिन्न चरणमा विभिन्न व्यक्ति तथा सरकारले अपमानित गरे
पनि उनले जीवनमा सधैँ धैर्य र निडरताले काम गरेका थिए । जुन अहिलेका युवा
पुस्ताका लागि प्रेरणादायी बन्न सक्दछ ।
११० निबन्ध संग्रह
भारतका राष्ट्रपिता महात्मा गान्धी आफ्नो जीवनकालमा कुनै पदको लोभ नगरी
देशलाई स्वतन्त्रता दिलाउन लागिपरेका भएकाले नै उनलाई राष्ट्रपिताको सम्मान
दिइयो । त्यसैगरी भारतका महान् स्वतन्त्रता सेनानी बाल गङ्गाधर तिलकको अगाडि
लोकमान्य तथा प्रसिद्ध समाजवादी नेता जयप्रकाश नारायणको अगाडि लोकनायक
जस्तो विशेषण लगाइन्छ । त्यस्तै गरी नेपालका नेता गणेशमान सिंहको अगाडि
सर्वमान्य विशेषण लगाइन्छ । किनभने, उनीहरु कुनै पनि पदको लोभमा नपरी देश
तथा जनताका लागि महङ्खवपणर््ू ा यागे दान दिन े र सवे ागर्न े नते ा हनु ् । बिपी काइे राला
एकपटक गृहमन्त्री तथा एकपटक प्रधानमन्त्री भएका व्यक्ति भए तापनि उनी
लोकमान्य तथा सर्वमान्य दुवै छन् । साथै सम्पूर्ण लोकको कल्याण तथा हितका लागि
नेतृत्व लिएर लड्ने भएकाले लोकनायक पनि थिए, हुन र रहिरहनेछन् ।
बिपी कोइराला हरेक उमेरका व्यक्तिका प्रिय थिए । चाहे ती बालक हुन् या
युवा या त प्रौढ वा वृद्ध । उनको विचार, दर्शन, देशभक्तिको भावना आदिको सबै
उमेर र पेसाका व्यक्तिका प्रशंसक थिए । राष्ट्रप्रतिको समर्पण र त्यागले उनलाई
माथि उठाएको थियो । राष्ट्रिय जीवनमा उनको स्थान अत्यन्तै महङ्खवपूर्ण रहेको
छ । शुरुमा माक्र्सवादबाट प्रभावित हुँदै पछि गान्धी दर्शनबाट प्रभावित भई
प्रजातान्त्रिक समाजवादका प्रणेता भएका उनको जीवनबाट धेरै सिक्न सकिन्छ ।
रिस, राग, ईष्र्या, द्वेषजस्ता तमो गुणहरु उनले त्यागेका थिए । शत्रुसँग पनि
मले मिलाप गनर्पु दर्छ भनी उनल े राष्ट्रिय मले मिलापका े नीति लिएका थिए । जनु
आजका े र भविष्यका े सन्दभर्म ा पनि अत्यन्त ै सान्दभिर्क छ । बिपीबाट सिक्नपु र्ने
अर्का े महङ्खवपणर््ू ा करु ा भनके ा े हार स्वीकार गर्न सक्न े क्षमता पनि हा े । जब विसं
२०३६ मा जनमतसङ्ग्रहको नतिजा बहुदलको विपक्षमा आयो । उनले त्यो सहर्ष
स्वीकार गरे, त्यो अपत्यारिलो भए तापनि किनभने पञ्चायतका पक्षधरहरुले चुनाव
धाँधली गरेर जितेको पनि उनलाई थाहा थियो ।
चुनावको परिणामलाई सत्तासीन व्यक्तिहरुले आफ्नो पक्षमा ल्याउन व्यापक
धाँधली गरिएको भनी स्वदेश तथा विदेशमा समेत कटु आलोचना भएकोमा नेपाली
जनतामाथि अवाञ्छित विद्वष्े ा, कलह र रक्तपात नहासे ् भनी जनमतका े नतिजालाई
स्वीकार गरेर एक आमनेताभन्दा माथिल्लो राजनीतिज्ञ (राज्यपुरुष)को परिचय
दिएका थिए । आजीवन सङ्घर्ष, सुखसुविधा चयनको सर्वथा अभाव, हरहमेशा
चिन्तनशील प्रवृत्तिले गर्दा जीवनको उत्तराद्र्धमा शरीर निकै दुब्लो, पातलो हुनाका
साथै घाँटीको क्यान्सरले उनलाई उक्सिन नपाउने गरी गाँजे पनि उनी सधैँ देश
तथा देशवासीका बारेमा मात्र चिन्तन गर्दथे । यसबाट युवापुस्ताले राष्ट्रियता र
विश्वेश्वरप्रसाद कोइराला १११
देशभक्तिको पाठ सिक्न सक्दछ । बिपी एक विख्यात राजनीतिज्ञ मात्र नभई सोही
दाँजोमा उत्कृष्ट स्रष्टा प्रतिभा पनि भएकाले बहुआयामिकताको पाठ सिक्न
सकिन्छ । निरङ्कुशता, भेदभाव, गरिबी र असमानताविरुद्धको सङ्घर्षमा उनको
जीवन बितेबाट पनि सबै कुप्रथाविरुद्ध लड्नुपर्छ भनेर युवापुस्ताले उनको गुण
सिक्न सक्दछन् ।
धनी र गरिबबीच रहके ा े चर्का े फाटा े हटाउन बहदु लीय शासन प्रणालीमा
जनतालाई मौलिक अधिकारहरु प्रदान गर्न लिङ्ग, वर्ण, जातजाति, धर्म,
सम्प्रदाय, भाषा, भाषिकाहरुको विवादबाट माथि उठेर राष्ट्रियता र प्रजातन्त्रलाई
सदु ढृ गर्द ै गासँ , बास, कपास, शिक्षा, स्वास्थ्य आदि जनताका न्यनू तम आवश्यकताहरु
प्रिपूि र्त गर्न े भनी बिपीद्वारा प्रतिपादित आथिर्क राजनीतिक कायत्र्र mम न ै प्रजातान्त्रिक
समाजवाद हो । त्यसैले बिपीको प्रजातान्त्रिक समाजवादबाट केवल देश तथा
देशवासीका लागि कार्य गर्नुपर्दछ भनी राष्ट्रभक्तिको सन्देश पाइन्छ । वि.सं.
२०१६÷०१७ को अवधिमा डेढ वर्षका लागि प्रथम जननिर्वाचित प्रधानमन्त्रीका
रुपमा कार्यरत रहँदा छिमेकी मुलुकहरुसँग सुमधुर सम्बन्ध टाढाका मुलुकहरुसँग
पनि मैत्री सम्बन्ध कायम गरी नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा परिचय गराउने
महङ्खवपूर्ण काम बिपीले गरेर नेपाल तथा व्यक्तिगत रुपमा आफूलाई पनि
अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएभन्दा दुई मत नहोला ।
वि.सं. २०३९ साउन ६ गते ६८ वर्षको उमेरमा प्राणत्याग गरेका बिपी
कोइरालाको सम्पूर्ण जीवन नै लोककल्याण तथा हितका लागि तथा विभिन्न
कुसंस्कारविरुद्ध लड्दालड्दै बितेकाले उनी सिङ्गो मानव सभ्यताको प्रतिनिधित्व
गर्न े व्यक्ति हनु ् । त्यसलै े उनलार्इ दलविशष्े ासँग नजाडे ी सम्पणर््ू ा राष्ट्रका े प्रतिनिधि
पात्र सम्झी उनको विचार तथा दर्शनको अध्ययन, प्रचारप्रसार तथा कार्यान्वयन
गनर्कु ा साथ ै उनका े विचार तथा दशर्न का े महङ्खव बभु mी राष्ट्र निमाणर्् ामा सब ै एकजटु
भई अघि बढ्नु अत्यन्तै श्रेयस्कर हुन्छ ।
(सान्त्वना प्राप्त निबन्ध)

nema
Show More

Related Articles

Back to top button