समाचारवी पी विचार

वीपी कोईरालाको १०७ औं जन्म जयन्ती प्रदेश नं ५ मा मनाउने

 
काठमाडौं असोज ८,
वीपी कोईरालाको १०७ औं जन्म जयन्ती वीपी विचार राष्ट्रिय समाजको समन्वयमा प्रदेश नं ५ को आयोजनामा २०७७ असोज १० गते शनिवार १ः०० बजे Zoom meeting गरी सम्पन्न हुनेछ । वीपी विचार राष्ट्रिय समाजका प्रदेश नं ५ का सभापति श्री रेवती प्रसाद भूषालको अध्यक्ष्तामा सञ्चालन हुने , उक्त कार्यक्रममा वीपी विचारको सैद्धान्तिक अवधारणा बारे प्रमुख वक्ताहरु प्रा.डा बद्री नारायण गौतम र प्रा.डा बुद्ध बहादुर थापाले आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुहुनेछ । भने कार्यक्रमको प्रमुख अतिथी वीपी विचार राष्ट्रिय समाज केन्द्र्रिय सभापत्ति कुल वहादुर गुरुङ्गले गर्नुहुनेछ । भने विशिष्ट अतिथी वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सह– सभापत्ति गोविन्दराज जोशी, महा–सचिव विनय ध्वज चन्द ,र उप –महासचिव राम बहादुर गुरुङ्गले गर्नुहुनेछ । कार्यक्रमको स्वागत भाषण वीपी विचार राष्ट्रिय समाज प्रदेश नं ५का उप– सभापत्ति अरुण सिंह राठोर ले गर्नुहुनेछ । उक्त कार्यक्रममा प्रदेश नं ५का केन्द्रिय सदस्यहरु ,५ नं प्रदेशका प्रदेश समितीका सभापति तथा सदस्यहरु वीपी विचार राष्ट्रिय समाजका प्रदेश ५ का जिल्ला सभापत्ति र सदस्यहरु तथा अन्य आमन्त्रित व्यक्तिहरुले सहभागी हुनुहुने छ ।

nema
Show More

Related Articles

Back to top button