समाचार

आगामी कार्तिक मसान्तसम्म उपनिर्वाचन गर्ने निर्वाचन आयोगको तयारी

१८ असार, काठमाडौैँ÷ निर्वाचन आयोगले जनप्रतिनिधिविहीन बनेका तिनै तहमा कार्तिक मसान्तसम्ममा उपनिर्वाचन गराउने तयारी गरेको छ । जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउने तयारी भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन निर्देशन दिएपछि आयोगले कामलाई तीव्रता दिएको हो । जनप्रतिनिधि रिक्त रहेको संघ, प्रदेश र स्थानीय तहका निर्वाचन क्षेत्रको तथ्यांक संकलन गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो । संघमा १, प्रदेशमा ३, स्थानीय तहतर्फ ३ प्रमुख र ४३ वडाअध्यक्षको पद रिक्त रहेको छ । त्यसैगरी नगरप्रमुख १, गाउँपालिका अध्यक्ष २ रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button