breakingसमाचार

विदेशमा रहेका नेपालीलाई उद्धार गर्न ६७ वटा चार्टर उडानलाई अनुमति

२९ जेठ, काठमाडौैँ
विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न ६७ वटा चार्टर उडानलाई अनुमति दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि लागू हुने गरी आागमी असार ११ सम्मका लागि उडान अनुमति दिएको हो । मन्त्रालयले नेपाल वायुसेवा निगमलाई २४ वटा, हिमालय एयरलायन्सलाई १९ वटा र विदेशी वायुसेवा कम्पनीलाई २४ वटा गरी ६७ वटा चार्टर उडानको अनुमति दिएको छ ।
नेपालीलाई उद्धार गरिने मुलुकहरुमा दक्षिण कोरिया, जापान, अस्ट्ेरलिया, सिंगापुर, थाइल्याण्ड, बंगलादेश, श्रीलंका, माल्दिभ्स, मलेसिया, पाकिस्तान, कुवेत, साउदी अरब, बहराइन, दुबई, कतार, इजरायल, मस्कट, साइप्रस, संयुक्त राज्य अमेरिका, नाइजेरिया, युगान्डा तथा युरोप रहेका छन् । यी चार्टर उडानमा विदेशमा अलपत्र परेका पहिलो प्राथमिकतामा परेकालाई उद्धार गरिने पर्यटन सचिव केदारबहादुर अधिकारीले जानकारी दिनुभयो ।
विदेशबाट नेपाल फर्किने नेपालीले पीसीआर परीक्षण अनिवार्य गर्नुपर्नेछ । यस्तै नेपाल आइसकेपछि सरकारले बनाएको क्वारेन्टाइन मापदण्ड अनिवार्य रुपमा पालना गर्नुुपर्नेछ । चार्टर उडानमा कतिपय श्रम मुलुकमा रहेका नेपालीलाई त्यहाँको सरकार तथा कम्पनीले आफ्नो खर्चमा पठाउँदैछन् भने अधिकाशंले टिकट खर्च आफै बेहोर्नुपर्नेछ ।

Show More

Related Articles

Back to top button