समाचारनेपाली कांग्रेस

कार्यकर्ता रिहाईको माग गदै नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला

काभ्रे – प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका तपेश्वर उच्च माध्यामिक विद्यालय नेविसंघ इकाई सभापति कृष्ण ढकालको रिहाईको माग गर्दै नेपाल विद्यार्थी संघ काभ्रेले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ ।
नेविसंघ केन्द्रीय समितिले घोषणा गरेका कार्यक्रम अन्तरगत सोमबार नेविसंघ काभ्रेले बनेपाको टेलिकम चोक र रेम्बो फोटो स्टुडियो चोकमा पुत्ला दहन गरेको हो । नेविसंघ काभ्रेका नेता तथा कार्यकर्ता सहभागि कार्यक्रममा सरकार विरुद्ध विभिन्न नाराहरु लगाइएको थियो ।
यस्तै नेविसंघ काभ्रेले आब्हान गरेको हड्तालको कारण दोस्रो दिन पनि काभ्रेका शैक्षिक संस्था बन्द भएका छन् ।
प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा शेयर गरेको आरोपमा तपेश्वर उच्च माध्यामिक विद्यालयका नेविसंघका इकाई सभापति कृष्ण ढकाल पक्राउको विरोधमा नेपाल विद्यार्थी संघले विभिन्न कार्यक्रम घोषणा गरेको हो ।
नेविसंघले प्रत्येक जिल्लामा २८ गते २ घण्टा चक्का जाम गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको नेपाल विद्यार्थी संघ काभ्रेका सभापति नृपेश वादेले जानकारी दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button