समाचार

चीनबाट सामान बोकेर ४ वटा कन्टेनर तातोपानी आइपुगे

काठमाण्डौ – २०७२ सालको भूकम्पपछि पहिलोपटक चीनबाट सामान बोकेर नेपाली कन्टेनर नेपाल आएका छन् ।
भन्सारको औपचारिक उद्घाटन बुधबार भए पनि मंगलबार नै ४ वटा नेपाली कन्टेनर सामान ल्याउन चीनको खासाबजार प्रस्थान गरेका थिए ।
४ वटै कन्टेनर दिउँसो १ बजेतिर लार्चामा रहेको सुख्खा बन्दरगाहमा आइपुगेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
तातोपानी भन्सार पूर्ण रुपमा सञ्चालनमा आउने भएपछि स्थानीय होटल तथा बजारमा चहलपहल बढ्न सुरु भएको छ ।
यसैबीच, चीनबाट सामान बोकेर कन्टेनर नेपाल आइपुगे पनि तत्कालै भन्सार जाँचपास भने नहुने भएको छ । लार्चामा चीनले बनाइदिएको अत्याधुनिक सुख्खा बन्दरगाहमा भन्सारका लागि आवश्यक प्रणाली र उपकरण जडान भैसकेको छैन ।
१ सय ८२ वटा कन्टेनर पार्किङ गर्न मिल्ने अत्याधुनिक लार्चा बन्दरगाह चीन सरकारले १२ करोड ७० लाख युआन खर्च गरी निर्माण गरिदिएको हो ।
नेपाल–चीन जोड्ने प्रसिद्ध उत्तरी नाकाको रुपमा चिनिने अरनिको राजमार्ग २०७१ सालमा जुरेमा आएको पहिरोका कारण आशिंक रुपमा ठप्प भएको थियो भने २०७२ सालको भुकम्पपछि पूर्ण रुपमा ठप्प भएको थियो ।
पहिला यो नाकाबाट वर्षको २० अर्ब रुपैयाँ बराबरको आयात र साढे २ अर्ब रुपैयाँ बराबरको निर्यात व्यापार हुँदै आएको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button