breakingसमाचार

सभापति देउवाको अडानः काँगे्रस धर्म निरपेक्ष नै

पाल्पा÷ नेपाली काँगे्रसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुईजनाले फूलमाला लगाइदिँदैमा राजतन्त्र नर्फकने दाबी गरेका छन् । सभापति देउवाले हिन्दु राष्ट्र समेत फर्किने सम्भावना नरहेको जिकिर गरेका हुन ।


पाल्पाको तानसेनमा शनिवार भएको पत्रकार सम्मेलनमा बोल्दे सभापति देउवाले काँगे्रस हिन्दु राष्ट्रको पक्षमा नहुने स्पष्ट पारे । काँगे्रस महामन्त्री डा. शशांक कोइरालाले हिन्दु राष्टको पक्षमा वकालत गदैमा काँगे्रस संविधान विपरित नजाने देउवाले बताए ।


सभापति देउवाले सरकारको एक बर्षे कार्यकाल फगतमा सकिएको समेत बताएका छन् । उनले प्रधानमन्त्री ओलीका उखान टुक्कासँगै भष्ट्राचार, हत्या, हिँसा, बलात्कार, लुटपाट , बम विष्फोटका घटना बढेको सभापति देउवाले दाबी गरे ।


सीके राउतसँग सरकारले गरेको ११ बुँदै सम्झौता राष्ट्रघाती, जनविरोधी, राष्ट्रहित विपरित भएकाले जनताले विरोध गर्नुपर्ने उनले स्पष्ट पारे ।

nema
Show More

Related Articles

Back to top button