breakingसमाचार

मलाई जिम्मा दिने हो भने मैले पार्टीलाई लार्जेस्ट बनाउन सक्छु : नेता जोशी

नेपाली काँग्रेशका पृर्व सहमहामन्त्रि एवम् वी.पी. विचार राष्द्रिय समाजका सह–सभापति गोविन्द राज जोशीले वी.पी र वी.पी. को सिद्घान्त नमान्नेहरु कसरी काँग्रेस हुन सक्छन् ? भनेर प्रश्न गर्नुभएको छ । नेपाली काँग्रेसलाई पुरानो अवस्थामा पु¥याउनका लागि वी.पी.को सिद्घान्तलाई अगाडी बढाउन मैले राजनीतिक अभियान थालेको उहाँको भनाई छ ।
तनहुँ जिल्ला वाट शुरु गरेर देशको ७७ जिल्लामा पुग्नका लागि वी.पी. विचार समाजको माध्यमबाट काँग्रेशले गरेका कमी कमजोरी हटाई पार्टीलाई मजवुत वनाउनको लागि आफ्नो दुष्टिकोण लिएर जाने नेता जोशीले बताउनुभयो ।
तनहुँ काँग्रेशले विगतमा गरेको गल्ति र सुधार गर्नका लागि कुनै पनि पहलहरु नगरेका कारणले आज काँग्रेशमा निष्ठावान र त्यागि कार्यकर्ताहरुलाई पछाडि पारि आफन्त र पिछलगुलाई मात्र टिकट दिदाँ जनतामा नकरात्मक असर परेको उहाँको भनाई छ । तनहुँ काँग्रेशको विवाद सतहमा छरपस्ट हुदाँ पनि आफ्नो तर्फवाट वार्ता संयोजकको रुपमा वी.पी. विचार समाज तनहुँँको अध्यक्ष डिल्लीराम अधिकारीलाई तोकिसक्दा पनि नेपाली काँग्रेश तनहुँले त्यसलाई सम्वोधन नगरी कार्यकर्ताहरुलाई तर्साउने, थर्काउने र धम्काउने गरेको पाइएकोले यसो भएमा पार्टी रसातालमा पुग्ने उहाँले चेतावनी दिनुभयो ।
 

 
मलाई जिम्मा दिने हो भने मैले पार्टीलाई लार्जेस्ट पार्टी बनाउन सक्छु । मलाई सब अनुभव छ । अनुभव कै आधारमा काँग्रेश कसरी वलियो हुन्छ भनेर नै म ७७ रै जिल्लामा जाने भएको छु । वन्दिपुरमा २०३६ सालमा काँग्रेश कोही आउन सदैन थिए । काँग्रेशको तर्फवाट म नै आउनु पथ्र्यो । त्यसरी मैले गरेको सगठनमा आज म र मेरा नजिक भएका साथिहरुलाई निकाल्न खोज्दै गर्दा काँग्रेशको भविष्य के हुन्छ त्यो कुरा नेपाली काँग्रेशले वुझ्न जरुरी छ । अहिले नेपाली काँग्रेशले साउन ६ गते वी.पी स्मृति दिवस भदौ २४ गते वी.पी जयन्ती र पौष १६ गते मेलमिलाप दिवस मनाउन पर्नेमा काँग्रेशले विर्सदै गर्दा पार्टीमा नयाँ सदस्यहरुको चाहानाहरु सेलाउदै गएको देखिन्छ । वि.पी विचार राष्द्रिय समाजले वर्षमा यी तिनै विशेष दिनहरुको अवसर पारेर राष्द्रिय जिवनमा वि पि कोइराला भाग १ र भाग २, नेपाली काँग्रेश सिद्घान्त र दृष्टिकोण, नेपालका प्रजातान्त्रिक आन्दोलनका विर योद्घाहरुको नामक पुस्तक नेपालका प्रथम राष्द्रपति डा. रामवरण यादव वाट विमोचन गरि राष्द्रिय स्तरका नेताहरुलाई आमन्त्रण गरि कार्यक्रम भव्य रुपमा सम्पन्न गर्ने गरेको छ । यसरी काँग्रेशलाई विउझाउने र गतिशिल दिनका लागि सञ्चालन भएको सच्चा काँग्रेशहरुलाई वि.पि विचार समाजको कुनै पनि कार्यक्रममा नजानु गएमा कारवाही हुने छ भन्ने भ्रमात्मक प्रचारवाजी गर्नका लागि निकालिएको कथा कथित विज्ञप्ति प्रति खेद प्रकट गदै आउदाँ दिनहरुमा हाम्रो वीचमा सहमतिको प्रयास हुदैन भने त्यसको प्रभाव तनहुँमा मात्र नभैकन देशै भरि पर्ने सम्भावना रहन सक्ने बताउनुभयो ।
वी.पी.विचार समाज वन्दिपुर गा.पा. का अध्यक्ष शुकुमलाल गुरुङ्गको अध्यक्षतामा भएको वेलामा वी.पी.विचार समाज गण्डकी प्रदेशका सचिव परशुराम गिरी, नेपाल महिला सघं केन्द्रिय सदस्य एवम् नेपाली काँग्रेश महाधिवेशन प्रतिनिधि चिनु पोखरेल समाजका सचिव हरि शरण पण्डित सदस्य परमेश्वर भट्टाराई प्रेम वानिया ऋषि राम पोख्रेल रामदेव पन्थ समाजसेवी मोती लाल गुरुङ्ग इन्कन खनाल राजु वानिया लगाएतले वोल्नुभएको थियो ।
 
 
 
 

nema
Show More

Related Articles

Back to top button