समाचार

नख्खु कारागारमा कैदी बन्दीबीच कुटाकुट, एक जनाको ज्यान गयो

काठमाडौं । ललितपुरको नख्खु कारागारमा दुई बन्दीबीच कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ ।
कारागारको भुइँमा बिच्छ्याइएको ब्लकले प्रहार गर्दा घाइते भएका पूर्णबहादुर राजीको उपचाका क्रममा वीर अस्पतालको ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए ।
कर्तव्य ज्यान मुद्दामा कैद भोगिरहेका पवनकुमार महतोले ब्लकले प्रहार गर्दा राजीको मृत्यु भएको हो ।
विवादको कारण नखुलेको भए पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button