समाचार

तनहुँमा एक परिवारले आफ्नी स्वर्गीय सदस्यको स्मृतिमा सत्तलको निर्माण, काँगे्रस नेता जोशीद्धारा उद्घाटन

३ असोज, तनहुँ÷ तनहुँको भानु ४ तिलाहारमा एक परिवारले आफ्नी स्वर्गीय सदस्यको स्मृतिमा निर्माण गरेको सत्तलको नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीले उद्घाटन गरेका छन् । समाजसेवी एवं कांग्रेसकी महिला नेतृ भुवनेश्वरी पाण्डेको वार्षिकीमा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस नेता जोशीले स्वर्गीय भुवनेश्वरी गृहिणी मात्र नभै एक कुशल नेतृ भएको बताए । उनले जागिरे जीवनपछि पनि सामाजिक क्षेत्र र कांग्रेसको संगठनमा स्वर्गीय पाण्डेको योगदान उल्लेखनीय भएको बताए । यसबाट पार्टी संगठनमा क्षति पुगेको नेता जोशीको भनाई थियो ।
नेपाली कांग्रेसका क्रियाशिल सदस्य कृष्णचन्द्र पाण्डेको सभापतित्वमा सम्पन्न सभामा कांग्रेस जिल्ला सचिव लक्ष्मी आचार्य, भानु नगरपालिकाका प्रमुख उदयराज गौली, कांग्रेस क्षेत्र नम्बर १ का संगठन संयोजक सहदेव अधिकारी, कांग्रेस महासमिति सदस्य बालकुमारी लोहोनी, महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघकी केन्द्रीय सदस्य चिनु पोख्रेल, कांग्रेसका भानु कार्यवाहक सभापति मनिलाल श्रेष्ठलगायतले शोक मन्तव्य राखेका थिए ।

nema
Show More

Related Articles

Back to top button