समाचार

कर्मचारीहरु आजदेखि काममा फर्किए

२ साउन, काठमाडौैँ÷ विभिन्न सरकारी कार्यलयमा रहेका अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारी आजदेखि पुनः काममा फर्किएका छन् । मुलुक संघीय संरचनामा गएसँगै सरकारले अस्थायी कर्मचारीलाई मंगलवारदेखि लागु हुने गरि हटाउने तयारी गरेको थियो । तर हाजिरी गर्न नपाएका हजारौँ कर्मचारी पुर्नवहालीको माग गर्दै संर्घषमा उत्रिएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो । मुख्य सचिव लोकदर्शन रेग्मीले अस्थायी करार र ज्यालादारीका कर्मचारीलाई असोजसम्म काम गर्न सबै मन्त्रालयका सचिवलाई निर्देशन दिएपछि उनीहरु आजबाट काममा फर्किएका हुन । काठमाडौंका विभिन्न कार्यलयमा १३ हजार कर्मचारीहरु सवारी चालक, कुचीकार, कार्यलय सहयोगी, र कम्प्युटर अपरेटरका रुपमा कार्यरत छन् ।

nema
Show More

Related Articles

Back to top button