समाचार

मैत्रीपूर्ण खेलमा जर्मनी पराजित

२० जेष्ठ, काठमाडौ÷विश्वकप फुटबल सुरु हुने समय नजिकिरहेको बेला रुसका विभिन्न १० रंगशालामा हुने विश्वकपका लागि अहिले सबै ३२ टोली अन्तिम तयारीमा जुटेका छन ।
 
विश्वकपको तयारीस्वरुप गएराति खेलिएको मैत्रिपूर्ण खेलमा विश्व विजेता जर्मनीलाई अष्ट्रियाले २—१ गोल अन्तरले पराजित गरेको छ । गएराति नै भएको अर्को खेलमा इंग्ल्याण्डले नाईजेरियालाई २–० ले हराउँदा बेल्जियम र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् । यसैगरी आयरल्याण्डले अमेरिकालाई २–१ ले हराउँदा नर्वेले आईसल्याण्डमाथि ३–२ को जित निकालेको छ । डेनमार्क र स्विडेनले भने गोलरहित बराबरी खेलेका छन् । गएराति भएका अन्य खेलहरुमा चीनले थाईल्याण्डलाई २–० ले हराउँदा केन्याले न्युजिल्याण्डलाई २–१ ले, लात्भियाले ईस्टोनियालाई १–० ले तथा स्लोभेनियाले मोन्टेनेग्रोलाई २–० ले हराएका छन् ।

nema
Show More

Related Articles

Back to top button