समाचार

भित्रुवन अन्तराष्ट्रिय विमानस्थल आजदेखि दैनिक सात घण्टा बन्द हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक सात घण्टा बन्द हुने भएको छ ।
दोस्रो चरणको स्तरोन्नतीका लागि आज रातिबाट काम शुरु हुन भएकाले चार महिनासम्म विमानस्थल दैनिक सात घण्टा बन्द हुने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
भदौ १५ गतेदेखि पुस १५ गतेसम्म राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म सात घण्टा उडान अवतरण सबै बन्द हुने छ ।
स्तरोन्नतीका कारण विगतमा जस्तो विमान उडान प्रभावित नहुने विमानस्थल स्रोतले जनाएको छ ।
हाल विमानस्थलबाट अन्तरिक र बाह्य गरी दैनिक चार सय भन्दा बढी उडान अवतरण हुने गरेका छन् ।
यसअघि पहिलो चरणअन्तर्गत गत चैत ११ देखि असार १६ गतेसम्म १० घण्टा उडान रोकेर धावनमार्गको जिर्णोद्धार गरिएको थियो ।
अब दोस्रो चरणअन्तर्गत धावनमार्ग सेन्टरलाइन लाइट, ट्याक्सी वे तथा ट्याक्सी वे र रनवे जोड्ने लिंक रोडको काम गरिने जनाइएको छ ।

nema
Show More

Related Articles

Back to top button