समाचार

कम्युनिष्टहरूमा सत्तामा पुगेपछि दायित्व बिर्सदै जाने रोग लाग्यो ः दहाल

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दहालले कम्युनिष्टहरू सत्तामा पुगेपछि दायित्व बिर्सदै जाने रोग लागेको बताएका छन् । बिहीबार गृहजिल्ला चितवनमा आयोजित कार्यक्रममा उनले पार्टीभित्र अराजकता र व्यक्तिवादले जन्म लिएको उल्लेख गरे ।
अध्यक्ष दहालले फेरि एकपटक आन्दोलन गर्ने इच्छा रहेको समेत बताए । समाजवादको उद्देश्य प्राप्तिका लागि र नेकपालाई कम्युनिष्ट पार्टीजस्तो बनाउन आन्दोलन गर्ने इच्छा रहेको समेत बताए ।
उनले नेताहरू र पार्टीमा अलिअलि धुलोमैलो लागेको पनि बताए। उनले भने, ‘हामीलाई कामै नलाग्ने गरी क्यान्सर भएको छैन। उपचार नै नलाग्ने गरी क्यान्सर भएको भन्न खोजेको होइन। ग्यास्टिक, अल्सर त्यतिसम्म होला क्यान्सर भएको छैन। त्यसको उपचार छ। बेलैमा उपचार गरौं। हामी माथि समीक्षा गर्दै छौं।’— अध्यक्ष दहालले भने

Show More

Related Articles

Back to top button