समाचार

पूर्वसचिव अर्जुन कार्कीको घरमा रहस्यमय हत्या

पूर्वसचिव अर्जुन कार्कीको घरमा रहस्यमय हत्या नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको उपचारका क्रममा मृत्यु भएको छ । घाइते अवस्थामा भेटिनुभएकी मुनाको लतिलपुर स्थीत स्टार अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । आज विहान ललितपुर महानगरपालिका २ सानेपामा रहेको आफ्नै घरमा मुनाको हत्या प्रयास भएको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेर रगतले लतपतिको अवस्थामा उहाँ भान्सामा भेटिनुभएको थियो । घटनामा कसले र किन गरायो भन्ने खुलेको छैन । घटनामा प्रयोग भएको हतियारबारे पनि प्रहरीले खुलाएको छैन ।
 
कार्कीको घरमा काम गर्ने दाङ घर भएका विजय चौधरीको शव भने झुण्डिएको अवस्थामा फेला परेको छ । घटना रहस्यमय देखिएको र यसबारेमा अनुसन्धान सुरु भएको महानगरीय प्रहरी परिसर ललिलपुरका प्रमुख एसएसपी टेक राईले जानकारी दिनुभयो । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर ललितपुरको टोलीले घटना भएको घरलाई घेरामा राखेर अनुसन्धान गरिरहेको छ । घटना निकै शंकास्पद भएको र एउटा संगठित हत्या हुनसक्‍ने आशंका गरिएको छ । दुवै शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको छ । पोस्टमार्टमको रिपोर्ट आएपछि घट्नाको थप रहस्य खुल्ने राईले बताउनुभयो ।

nema
Show More

Related Articles

Back to top button