समाचार

राष्ट्र बैैँकले एक अर्ब ३० करोड बराबरको रकम मुद्धतीमा राख्ने

२२ वैशाख, काठमाडौैँ÷ नेपाल राष्ट्र बैंकले एक अर्ब ३० करोड ५५ लाख रुपैयाँ बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ । केन्द्रीय बैंकले २०७६ जेठ १ गतेदेखि २०७७ वैशाख ३१ गतेसम्म ३ सय ६५ दिनको लागि मुद्दती निक्षेपमा राख्ने निर्णय गरेको हो । निक्षेप लिनका लागि सिलबन्दी फारम भरी सोमवारसम्म आवेदन दिन आग्रह गरेको छ । राष्ट्र बैंकले एक अर्ब चार करोड ४४ लाख बराबरको रकम ‘क’ वर्गका वाणिज्य बैंकमा लगानी गर्नेछ । यस्तै ‘ख’ वर्गका बैंकका १९ करोड ५८ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीका लागि ६ करोड ५३ लाख रुपैयाँ मुद्दती निक्षेप मार्फत लगानी गर्ने जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने लगायतका प्रावधान छन् ।

nema
Show More

Related Articles

Back to top button