समाचार

नेपालविरुद्ध गम्भीर षडयन्त्र भइराखेको प्रधानमन्त्रीको वयान

गोबरग्यासदेखि मुलुकी संहितासम्म ! ‘माइतीघर मण्डला भत्काइदिऔं ?’

११ भदौ, काठमाडौंं । आइतबार अपरान्हतिर प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट फोन आयो- ‘प्रधानमन्त्रीज्यूले विभिन्न मिडियाका सम्पादकसँग भेट्न खोज्नुभएको छ, भोलि बिहान साढे ८ बजे बालुवाटार आउनुहोला ।’ सोही निम्तो मान्न हामी सोमबार बिहान बालुवाटार पुग्दा प्रधानमन्त्रीले मुलुकको वर्तमान परिस्थितिका बारेमा मात्रै बताएनन्, ‘मनको पोको’ समेत खोले ।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीप्रति आशा र अपेक्षा राख्ने देशमा ठूलै पंक्ति छ भन्ने कुरा त चुनावमा उनले पाएको बहुमतबाटै पुष्टि भैसकेको विषय हो । तर, पछिल्लो समयमा प्रधानमन्त्री ओलीको लोकप्रियता खस्किइरहेको छ । सरकारविरुद्ध आलोचनाको स्वर झन-झन चर्को बनिरहेको छ । यस्तो बेलामा प्रधानमन्त्री ओली के सोचिरहेका होलान् ? यसबारे पत्रकारलाई मात्र होइन, आम नेपालीजनमा समेत जिज्ञासा र कौतुहल बढेको छ ।
nema
Show More

Related Articles

Back to top button