समाचारसमाज

५ बर्षभित्र नेपालमा गरिबी अन्त्य हुने अर्थमन्त्री खतिवडाको घोषणा

१ भदौ, काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पाँच वर्षभित्र नेपालमा गरिबी अन्त्य हुने घोषणा गर्नुभएको छ ।
शुक्रबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा उहाँले दिगो विकास लक्ष्य हासिल हुने गरी सरकारले गरिबी निवारणलगायतका क्षेत्रमा आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको पनि स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री खतिवडाले संयुक्त राष्ट्र संघले घोषणा गरेको भन्दा अघि नै नेपालले दिगो विकास लक्ष्य हासिल गर्ने दाबी गर्नुभयो । त्यसका लागि सरकारले पूर्वाधार विकासको काममा जोड दिएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।
सन् २०३० भित्र नेपालले दिगो विकास हासिल गर्ने लक्ष्य लिएको छ । सोभन्दा अघि नै दिगो विकास लक्ष्य हासिल हुने गरी सरकारले कामलाई तीव्रता दिएको अर्थमन्त्री खतिवडाको दावी छ ।

nema
Show More

Related Articles

Back to top button