समाचार

चितवनमा भ्यान पल्टिँदा एक जनाको मृत्यु, १० जना घाइते

चितवन, साउन २० । चितवनको भरतपुर महानगरपालिका– ८ सीताराम चोकमा आइतवार मध्याह्न एक भ्यान अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
गीतानगरबाट नारायणगढतर्फ आउँदै गरेको ना१ज ६६२५ नम्बर को ‘म्याजिक भ्यान’ अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक फरार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १४, भीमसेननगर बस्ने २४ वर्षीय सुदीप भुजेल छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये एक गम्भीर, सात मध्यम र दुई सामान्य रहेको प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button