समाचार

भारतका क्वारेन्टाइनमा रहेका नेपालीहरु स्वदेश फर्किन सुरु

१८ बैशाख, २०७७
महाकालीपारी धार्चुलाको क्वारेन्टाइनमा रहेका नेपालीहरू स्वदेश फर्किन थालेका छन् । करिब ५० जना बैतडीको नाकाबाट नेपाल प्रवेश गरिसकेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । दार्चुलाबाट पनि उनीहरूको नेपाल प्रवेश सुरु भएको छ। दार्चुला र बैतडीका तीनै नाकाबाट उनीहरू नेपाल प्रवेश गर्न सुरु गरेको उहाँको भनाई छ ।
 
उनीहरूले दार्चुलाको पुलघाट र दत्तु नाका र बैतडीको झुलाघाट नाकाबाट प्रवेश पाउनेछन्। एक महिना भन्दा बढी भारतको पिठौरागढको विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका उनीहरूलाई दुबै पक्षबिच सहमति भएपछि आज नेपाल फर्काउने निर्णय भएको थियो। क्वारेन्टाइनमै दैनिक स्वास्थ्य परीक्षण गरिएपनि सुरक्षाका लागि नेपालमा पनि उनीहरूको स्वास्थ्य परीक्षण हुनेछ ।

Show More

Related Articles

Back to top button