breakingसमाचार

काँगे्रस जिल्ला उपसभापतिहरुको प्रशिक्षण कार्यक्रम बहिस्कार गर्ने पौडेल समूहको निर्णय

२१ फागुन,काठमाडौैँ÷
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभापतिहरूका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ । केन्द्रीय सदस्य प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज बसेको पौडेल समूहको भेलाले प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभापतिहरूका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको हो ।
पौडेल समूहले आयोजना गरेको केन्द्रीय सदस्य, काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू र उपसभापतिहरूको संयुक्त भेलाले प्रतिष्ठानले आज आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने निष्कर्ष निकालेको भेलामा पौडेल पक्षका नेताहरुले बताएका छन् । भेलालाई सम्बोधन गर्दै नेता पौडेलले महाधिवेशन भाँड्न सभापति शेरबहादुर देउवाले उपसभापतिहरूको प्रशिक्षण आयोजना गरेको आरोप लगाउँदै उक्त प्रशिक्षणमा सहभागी हुन नहुने बताउनुभएको छ । महामन्त्री शशांक कोइरालाले पनि प्रशिक्षणले पार्टीको १४औं महाधिवेशनलाई प्रभावित पर्ने भन्दै उपसभापतिहरूलाई सहभागी नहुन आग्रह गर्नुभएको थियो ।
यस्तै पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि आफूनिकटका उपसभापतिहरूलाई प्रशिक्षण कार्यक्रममा नजान आग्रह गर्नुभएको छ । महाधिवेशन प्रभावित पार्न प्रशिक्षण आयोजना गरिएको भन्दै उहाँले सभापति देउवालाई निर्णय सच्याउन दबाब दिन पनि प्रशिक्षणमा जान नहुनेमा जोड दिनुभयो । चैतमा हुने प्रशिक्षणमा ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रबाट १० हजार क्रियाशील सदस्यलाई प्रशिक्षक प्रशिक्षण दिने र उनीहरुबाट पार्टीका क्रियाशील सदस्यलाई तालिम दिलाउने कांग्रेसको तयारी छ ।

nema
Show More

Related Articles

Back to top button