समाचार

नेकपाको २ नम्बर प्रदेश अध्यक्षबाट प्रभु साहले दिए राजीनामा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रभु साहले जिम्मेवारी बाँडफाँडप्रति असन्तुष्टि जनाउँदै नेकपाको २ नम्बर प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
साहले मङ्गलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रदेश पदबाट राजीनामा दिएका हुन् ।
पार्टी एकीकरणका क्रममा भएको जिल्ला र प्रदेश कमिटि चयनप्रति असहमति जनाउँदै राजीनामा दिएको साहले बताएका छन् ।
साह स्थायी कमिटी सदस्यका समेत दाबेदार मानिएका थिए । तर तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाको स्थायी कमिटिमा साहको नाम परेको थिएन ।
केही दिनअघि जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम एवम् जनप्रतिनिधिहरूको प्रशिक्षण रोकिएकोमा साहले असन्तुष्टि जनाएका थिए ।

nema
Show More

Related Articles

Back to top button