समाचार

मुस्लिम संघद्धारा परिक्षा मिति सार्न आग्रह

२८ जेष्ठ, काठमाडौ÷मुस्लिमहरुको चाड इद उल फित्रको दिन एमडी र एमएस तहको प्रवेश परीक्षाको मिति तोकिएको भन्दै नेपाल मुस्लिम संघले वीपी कोइराला इन्स्टिच्यूट अफ हेल्थ साइन्स धरानलाई मिति सार्ने आग्रह गरेको छ । रमजान महिनाको अन्तिम दिनमा मनाइने यस वर्षको इद असार २ वा ३ गते पर्ने र त्यहि दिन इन्स्टिच्यूटले राखेको प्रवेश परीक्षाका कारण मुश्लिम समदायका परीक्षार्थीलाई समस्या पर्ने भएकाले मिति सार्न आग्रह गरिएको हो ।
संघका अध्यक्ष अब्दुल सत्तारले विज्ञप्ति निकालि इश्लाम धर्मावलम्बिको महान चाड इदका दिन राखिएको एमडी र एमएसको प्रवेश परीक्षाको मिति सार्न आग्रह गर्नुभएको छ । मुस्लिम समुदायले जेठको पहिलो सातादेखि रमजान जेठको पहिलो हप्तादेखि रमदानका लागि एक महिना लामो रोजा अर्थात उपवास बसिरहेका छन् ।
संघले त्यो दिन कुनै परीक्षा नराखिदिन अरु सवै शैक्षिक संस्था, स्कुल, कलेजलहरुसँग पनि अनुरोध गरेको छ । त्यसैगरि मुस्लिम समुदायको ठूलो पर्व इद, बकर इद र मोहम्मद जयन्तीमा दिने गरिएको सार्वजनिक विदा कटौतिको निर्णय तत्काल फिर्ता लिन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

nema
Show More

Related Articles

Back to top button