समाचार

घुम्नैपर्ने विश्वको उत्कृष्ट गन्तव्य मध्ये काठमाडौं १९ औैँ स्थानमा

काठमाडौं, चैत १३ । सन २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा नेपालको राजधानी काठमाडौं १९औं स्थानमा परेको छ ।

घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने सभवतः विश्वकै सबैभन्दा ठूलो अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले काठमाडौैँलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औं उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको हो ।

ट्रिप एडभाइजर डटकमले काठमाडौं उपत्यका र आसपासका धार्मिक एवं ऐतिहासकस्थल, वास्तुकलायुक्त अनुपम भवन, सङ्ग्रहालय, मठमन्दिर, चन्द्रागिरि, नगरकोट, शिवपुरी निकुञ्ज, विभिन्न उद्यानका साथै विश्व सम्पदा सूचीमा सूचीकृतस्थल हरेक यात्रीले हेर्नैपर्ने स्थानका रुपमा समावेश गरेको हो ।

बौद्धनाथ, कपन गुम्बा, पशुपतिनाथ, केशरमहलस्थित स्वप्न उद्यान, काठमाडौँ, ललितपुर, भक्तपुर दरबार क्षेत्रका साथै ठमेललगायत स्थानलाई दर्शनीयस्थलका रुपमा उक्त साइटमा चित्रण गरिएको छ ।

nema
Show More

Related Articles

Back to top button