नेपाली कांग्रेससमाचार

 पाण्डे राष्ट्रियसभा संसदीय दलको नेता

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा संसदीय दलको नेतामा सांसद सुरेन्द्र पाण्डेलाई मनोनयन गरेका छन् । दलको विधानको धारा १२ को उपधारा १ अनुसार देउवाले बुधबार पाण्डेलाई नेतामा मनोनयन गरेका हुन् ।

पार्टीको केन्द्रीय सदस्य समेत रहेका पाण्डे पहिलोपटक राष्ट्रियसभा सदस्य भएका हुन्। राष्ट्रियसभामा कांग्रेसका १३ सांसद छन्। दलको नेतामा मनोनयन भएपछि उनले संसद्‍मा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। ‘प्रतिपक्षको हैसियतले सरकारको कमीकमजोरीलाई केलाएर प्रतिपक्षको आवाज मुखरित गर्ने दिशामा म क्रियाशील हुनेछु’ कान्तिपुरसँग पाण्डेले भने,‘पहिलाजस्तो प्रतिपक्षले विरोध नै गर्नुपर्ने र त्यो पनि संसद्‍मा अराजक गतिविधि गरेपछि मात्रै सरकारले सुन्छ भन्ने मान्यतालाई तोडेर जिम्मेवार प्रतिपक्षको आवाज सरकारले सुन्ने वातवरण बनाउने काममा म लाग्नेछु।’
nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button