breakingसमाचार

अमेरिका विरुद्ध नेपालको किर्तिमानी जित, बने दुईवटा रेकर्ड

२९ माघ, काठमाडौैँ÷ आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले अमेरिका विरुद्ध किर्तिमानी जित हात पारेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले अमेरिकाविरुद्ध ८ विकेटको सानदार जित दर्ता गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य पुरा गर्न नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर ३६ रन बनाएको हो । यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरको खेलमा नेपालका लागि पारस खड्काले ३ चौका र एक छक्काको मद्दतमा २० रन बनाए भने उपकप्तान दीपेन्द्रसिंह ऐरीले २ चौका र एक छक्काको मद्दतमा १५ रन बनाएका थिए । झिनो लक्ष्य पुरा गर्न नेपालले शूरुवाती २ विकेट गुमाएको थियो । जसमा कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा र सुवास खकुरेल बिना रन आउट भएका थिए ।
नेपालले अमेरिका विरुद्धको खेलबाट २ विश्व किर्तिमान कायम गरेको छ । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिजमा अमेरिकालाई ३५ ओभरमा अल आउट गर्दै विश्व कीर्तिमान कायम गरेको हो । यसअघि सन् २००४ मा श्रीलंकाविरुद्ध जिम्मबाबेले १८.४ ओभर खेल्दै ३५ रनको लक्ष्य लक्ष्य दिएको थियो । नेपालविरुद्ध अमेरिकाले बनाएको यो खेलसँगै विश्व कीर्तिमनी बनेको छ । यसअघि जिम्बाबेले ३५ रन बनाउँदा सबै विकेट गुमाए पनि उसले धेरै ओभर खेलेको थियो । त्यस्तै, नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अमेरिकाविरुद्धको खेलमा नयाँ कीर्तिमानी बनाएका छन् । उनी एकदिवसिय क्रिकेटमा नेपालका लागि एकै इनिङ्समा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् । उनले अमेरिकाविरुद्ध ६ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १६ रन खर्चेर ६ विकेट लिएका थिए । एकदिवसिय क्रिकेटमा यसअघि यो कीर्तिमान नेपालका बलर सोमपाल कामीको नाममा रहेको थियो ।

nema
Show More

Related Articles

Back to top button