समाचार

हाइटीमाथि अर्जेन्टिनाको सहज जित, मेस्सीको ह्याट्रिक

 
काठमाडौं, जेठ १६ । विश्वकप फुटबलको तयारीमा रहेका देशहरु अहिले मैत्रीपूर्ण खेलमा ब्यस्त रहेका छन।
रुसमा विश्वकप फुटबल सुरु हुन १५ दिन मात्रै बाँकी छँदा सहभागी सबै ३२ टोलीले अन्तिम चरणको तयारी गरिरहेका छन् ।
विश्वकपको तयारीकै लागि गएराति भएको एउटा मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले हाइटीलाई ४(० ले हराएको छ ।
विश्वकपको उपाधि दावेदार मानिएको अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेका छन् । टोलीका लागि चौथो गोल भने सर्जियो अगुएरोले गरेका हुन् ।
विश्वकप फुटबलकै तयारीमा रहेको मध्य अमेरिकी मुलुक पानामाले भने गएराति नर्दन आयरल्याण्डसँग गोलरहित बराबरी गरेको छ ।
यसैगरी पेरुले स्कटल्याण्डलाई २(० ले हराउँदा मेक्सिकोले वेल्ससँग गोलरहित बराबरीमा चित्त बुझाएको छ ।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button