समाचार

प्रधानमन्त्री ओली स्वदेश फर्कदा आधा घण्टा विमानस्थलमा उडान अवतरण प्रभावित हुने

१ जेष्ठ, काठमाडौैँ÷ प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण सकेर स्वदेश र्फकदा त्रिभुवन विमानस्थलमा आधा घन्टा उडान र अवतरण रोकिने भएको छ । प्रधानमन्त्री ओलीसहितको भ्रमण टोली बुधबार साँझ ७ बजेर ५ मिनेटमा नेपाल एयरलाइन्सको एयरबस मार्फत स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
प्रधानमन्त्रको स्वदेश फिर्ता हुने समय भन्दा १५ मिनेट अगाडि नै सबै उडान तथा अवतरण बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ ।प्रधानमन्त्री ओलीसहितको विमान अवतरणलाई लिएर ३० मिनेट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण पूर्णरुपमा ठप्प हुने छ ।

nema
Show More

Related Articles

Back to top button