समाचार

बजेटपछि खाद्यान्नमा अस्वभाविक मूल्यवृद्धि, रन्थनिए उपभोक्ता


२८ जेठ, काठमाडौं । बजेटको कारण देखाउँदै बजारमा दाल, चामल र तेलमा अस्वभाविक मूल्यवृद्धि भएको छ । बजारमा माैज्दात (स्टक) नसकिँदै थोक विक्रेताहरुले खद्यान्नमा मूल्य बढाएर बिक्री गरेका हुन् ।
बजेटलगत्तै विभिन्न कारण देखाएर उपभोक्ताको ढाड सेक्ने गरी विभिन्न खाद्यान्नमा मूल्य बढाइएको हो । यसले एकैपटक चरम मूल्यवृद्धिको मारमा परेका छन् ।
उपभोक्ता हित संरक्षण तथा आपूर्ति व्यवस्थापन विभागले बजार अनुगमनमा चासो नदिएपछि उद्योगी तथा ब्यापारीलाई पनि कालोबजारी गर्न सहज भएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानीको मूल्य बढेको, कर बढेको, आयात महंगिएको लगायतका बाहना गरेर पुराना मौज्दात समानमै पनि मूल्य बढाएर बिक्री गरिँदै छ ।
कुनमा कति पुग्यो ?
खुद्रा ब्यापार संघकाका उपाध्यक्ष रामकृष्ण महर्जजनकाअनुसार चामलमा प्रतिबोरा ५० रुपैयाँ मूल्य बढेको छ । बजारमा उपलब्ध सबै चामहलहरुमा प्र्रतिबोरा ५० रुपैयाँ मूल्य बढेको हो ।
बजारमा उपलब्ध रहेका मन्सुली, जिरा मन्सुली, बासमति, पोखरेली लगायतका चामलको मूल्यमा प्रतिकिलो २ रुपैयाँ मूल्य बढाइएको हो ।
त्यसैगरी दालको मूल्य पनि मूल्य बढाइएको छ । दालमा प्रतिकिलो ५ देखि १० रुपैयाँ मूल्य बुढको छ । सबैभन्दा धेरै मासको दालमा किलोको १० रुपैया मूल्य एकैपटक बढेको छ ।
अहिले एक नम्बर मासको दालमा अहिले प्रतिकिलोे ११० रुपैयाँ पुगेको छ । २ नम्बरी मासको दालको मूल्य पनि बढेर किलोको ९० रुपैयाँ भएको महर्जनले जनकारी दिए ।
‘बजेटका कारण नै मूल्य बढेर आएको हो, थोक बजारमै महंगिएपछि खुद्रा बजार महंगिने नै भयो,’ महर्जनले भने ।
मुसुरो, मुँग, रहर लगायतका दालमा पनि किलोको ५ रुपैयाँ मूल्य बढेको छ । रहर सय रुपैयाँ प्रतिकिलो र मुँग ठूलो दानाको प्रतिकिलो १३० तथा सानोको प्रतिकिलो १२० रुपैयाँ पुगेको छ ।
तेलको मूल्यमा पनि अस्वभाविक वृद्धि भएको छ । तोरीको तलमात्रै लिटरमा २० रुपैयाँ महंगो भएको छ । एक नम्बरको भुटेको तोरी तेलको प्रतिलिटर २६० रुपैयाँ भएको छ । २ नम्बरी तोरीको तेलको मूल्य लिटरको २२० पुगेको छ ।
सनफ्लावर र भटमासको तेलमा पनि मूल्य बढाइएको छ । सनफ्लावरको प्रतिलिटर १४५देखि ५० रुपैयाँ र भटमासको १३० रुपैयाँ मूल्य पर्छ । चिनीको मूलय पनि ६५ रूपैयाँबाट ७५ रूपैयाँ भएको छ । चिनीमा एकैपटक किलोमा १० रूपैयाँ मूल्य बढ्दा उपभोक्ता रन्थनिएका छन् ।
बजेटमा करको दर बढाइएको र आयातमा दिइएको भन्सार सुविधा हटाइएको कारण देखाउँदै उद्योगले नै मूल्य बढाएको महर्जनले बताए ।
थोक विक्रेताले नै मूल्य बढाएपछि खुद्रा बजारमा चामल, दाल र तेल महंगो भएको दावी खुद्रा व्यवसायीले गरेका छन् ।
किन बढ्यो मूल्य ?
चामल, तेल, दाल उद्योग संघले सरकारले तोरीको तेल उत्पादकलाई मुल्य अभिवृद्धि कर (भ्याट)मा दिँदै आएको ४० प्रतिशत छुट सविधा हटाए पछि यस्तो स्थिति आएको बताएको छ ।
संघका महासचिव सुधोधकमुमार गुप्ताकाअनुसार नयाँ बजेटबाट तोरीको गेडा आयातमा समेत ४ गुणा भन्सार महसुल महंगिएको छ । अहिले १ प्रतिशत भन्सार महसुलबाट वृद्धी गरी ५ प्रतिशत र्पुयाइएको छ ।
संघकाअनुसार भारत तोरीमा आत्मनिर्भर भएको र सबै तेलमा ५ प्रतिशत मात्र जीएसटी छ । यसले गर्दा अनधिकृत रुपमा तोरीको तेल भित्रिने सम्भावना पनि बढेको संघको दावी छ । यसले गर्दा सरकारको राजस्व गुम्ने ठहर संघको छ ।
यसैगरी सिंगा गेडा दाल तथा गेडागुडीमा भन्सार महसुल ५ प्रतिशतबाट १० प्रतिशतमा पुर्‍याएको संघले जनाएको छ । तर, प्रशोधित दालमा भन्सार महशुल १० प्रतिशतमै यथावत राखेको छ ।
संघले तयारी गेढागुडी र प्रशोधित दालमा दुई तहको करको दर हुनु पर्नेमा समान भन्सार दर लगाउँदा मूल्य बढेको र स्वदेशी उद्योगलाई समस्या परेको संघले बताएको छ ।
यसले आयातलाई प्रोत्साहन गर्ने र उद्योग धरासायी हुने तर्क उद्योगीले गरेका छन् । तर, स्टक बाँकी रहँदै मूल्य बढाएर बजारमा कालोबजारी भने भएको व्यवसायीको स्वीकारोक्ति छ ।

२०७५ जेठ २८ गते १८:३६ मा प्रकाशित

nema
Show More

Related Articles

Back to top button