समाचारनेपाली कांग्रेस

काग्र्रेस केन्द्रिय कार्यसमितिको बैठक आज बस्दै

४ असार, काठमाडौ÷नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज अपरान्ह बस्दैछ । प्रदेश तीनको अस्थायी मुकाम हेटौडामा भोली सुरु हुने जिल्ला सभापतिहरुको भेलाको एजेण्डा, तयारीलगायत बिषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बस्न लागेको हो । बैठक अपरान्ह चार बजेका लागि बोलाईएको छ ।
निर्वाचनमा पार्टीले भोगेको पराजयको समीक्षा गर्दै नयाँ रणनीति तय गर्ने उद्धेश्य सहित आन्तरिक छलफलमा जुटेको कांग्रेसको जिल्ला सभापतिहरुको भेला ७ गतेसम्म चल्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठक तथा भेलाका लागि केन्द्रीय पदाधिकारी, सदस्य तथा जिल्ला सभापतिहरु हेटौंडा पुग्ने क्रम जारी छ ।

nema
Show More

Related Articles

Back to top button