समाचार

खानेपानी संस्थानमा २५ करोड घोटाला भएको आशंकामा छानविन सुरु

६ आषाढ, काठमाडौैँ÷ खानेपानी संस्थानका लागि पाइप खरिद गर्दा महानिर्देशक भुपेन्द्र प्रसाद देउवाले २५ करोड घोटाला गरेको उजुरी अख्तियार र खानेपानी मन्त्रालयमा परेपछि मन्त्रालयले छानविन सुरु गरेको छ । मन्त्रालयले कानुन उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा छानविन सुरु गरेको हो । मन्त्रालयका इन्जिनियरद्वय दिनेश अधिकारी र शेखर खनाल, लेखा अधिकृत राजेन्द्र प्रसाद घिमिरे र नेपाल खानेपानी संस्थानका विष्णु सुब्बा सदस्य रहने गरी पाँच सदस्यीय छानबिन समितीमा रहेका छन् । छानबिन समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको छानबिन समिति संयोजक गुणराज श्रेष्ठले जानकारी दिनुभयो ।
भुपेन्द्र प्रसाद देउवा सरकारको पालामा संस्थानको शाखा प्रमुखबाट महानिर्देशक बनेका थिए । पाइप खरिद गर्दा किरण वैद्यको एक्जिम नेपाल र भाइराजा नकर्मीको फर्मसँग मिल्ने क्राइटेरिया बनाई २५(२५ करोड रुपैयाँको टेण्डर पारेको भन्दै अख्तियारमा उजुरी परेको थियो । दुवै टेण्डरलाई नियतवस १०(१० दिनको फरकमा निकालिएको र सार्वजनिक खरिद ऐनअन्तर्गत ग्लोबल टेण्डर नगरी उल्लिखित दुवै फर्मलाई उक्त टेण्डर दिइएको आरोप उजुरीमा लगाइएको छ ।

nema
Show More

Related Articles

Back to top button