समाचार

सेयर बजारमा भिषण पहिरो, ६ प्रतिशत घटेपछि कारोवार बन्द

२७ फागुन, काठमाडौैँ÷ आजको सेयर कारोबारमा भिषण गिरावट आएको छ । बजार खुलेदेखि नै तीव्र गतिमा ओरोलो लागेको नेप्से पहिलो एक घण्टा नपुग्दै ४ प्रतिशत घटेर पहिलो नकारात्मक सर्किट लागेको थियो । त्यसपछि खुलेको बजारमा ५ प्रतिशत र ६ प्रतिशत घटेर नकारात्मक सर्किट लागेपछि आजको लागि कारोबार बन्द भएको छ ।
 
सेयर बजारमा गिरावट आउँदा नेप्से परिसूचक १३ सय ४९ दशमलव ३१ अंकमा आइपुगेको छ । आज विभिन्न कम्पनीका सेयर १ अर्ब ७ करोडमा किनबेच भएको नेप्सेले जनाएको छ । लगानीकर्ताहरु आत्तिएर शेयर बिक्री गर्न थालेपछि बजारमा तीव्र गतिमा ओरालो लागको हो । कोरोना भाइरसको त्रासले लगानीकर्ताहरु शेयर बिक्री गरिरहेको ब्रोकर कम्पनीहरुले बताएका छन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button