समाचार

सबै निजामती कर्मचारीलाई सम्पति विवरण बुझाउन निर्देशन

१३ असार, काठमाडौैँ÷ सरकारले सम्पत्ति विवरण बुझाउन सबै निजामती कर्मचारीका लागि सार्वजनिक सूचना जारी गरेको छ । यही साउन १ गते देखि भदौ २८ सम्म कार्यालय समयमा निजामती किताबखाना हरिहर भवन पुल्चोकमा बुझाउन सरकारले निर्देशन दिएको हो । विदामा बसेका कर्मचारी, निलम्बनमा परेका र २०७५÷७६ सालमा सेवा निवृत्त भएकाले समेत अनिवार्य सम्पत्ति विवरण बुझाउनु पर्नेछ । सम्पत्ति विवरण हुलाक, कुरियरबाट पनि पठाउन सकिने किताबखानाले जनाएको छ । सम्पत्ति विवरण निजामती किताबखानामा दर्ता भएपछि एसएमएसबाटै थाहा पाउने व्यवस्था गरिएको छ ।

nema
Show More

Related Articles

Back to top button