समाचारनेपाली कांग्रेस

जनचाहना अनुसार काम गर्न सरकार असफल भएको कांग्रेसको निश्कर्ष

१९ वैशाख, काठमाडौैँ÷ नेपाली कांग्रेसको पदाधिकारी बैठकले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहिवार बसेको पदाधिकारी बैठकले सरकार पछिल्लो समय एकपछि अर्को काण्डमा मुछिएको भन्दै सरकार असफल भएको निष्कर्ष निकालेको हो ।
बैठकले नेपाली कांग्रेसको जागरण अभियानलाई देशव्यापीरुपमा प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।
बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रमका बारेमा पनि छलफल गरेको सहमहामन्त्री डाक्टर प्रकाशरण महतले जानकारी दिए ।
नेता डा. महतले सातवटै प्रदेशमा हुने जागरण अभियानमा शीर्ष नेताहरुले सम्बोधन गर्ने र जिल्लातहमा केन्द्रीय नेताले सम्बोधन गर्ने बताए ।
बैठकमा सभापति देउवा, महामन्त्री डा. शशांक कोइरालालगायतका नेता सहभागी थिए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button