समाचार

सुनको भाउले बनायो नयाँ रेकर्ड÷ प्रतितोला ७२ हजार पाँच सय पुग्यो

काठमाडौं÷ तीज नजिकिँदै गर्दा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको मूल्य बढेर तोलाको ७२ हजार पाँच सय रुपैयाँ टेकेको छ ।
यसअघि साउन ३० मा तोलामा ७१ हजार ५ सम्म पुगेको थियो। त्यसपछि ७१ हजार पुगेको सुनको भाउ तोलाको ७१ हजार तीन सयमा कारोबार हुँदै आएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। निरन्तरको भाउ वृद्धिले सुनचाँदी बजारमा सुन किन्नेको भन्दा बेच्नेको संख्या बढेको छ। सुनचाँदी पसलमा ब्यापारिहरुले सुनको ब्यापार ब्यवसाय घटदै गएको बताएका छन् ।

Show More

Related Articles

Back to top button