समाचार

सूचना तथा प्रविधि मन्त्रि बास्कोटाको राजिनामा माग

१९ माघ, काठमाडौैँ÷ सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधी मन्त्रि गोकुलप्रसाद बाँस्कोटाको राजिनामा माग गरिएको छ । आज प्रतिनिधीसभा अन्तरगतको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा भएको छलफलमा सत्तारूढ नेकपाका सांसद सुदन किरातीले सञ्चारमन्त्री बास्कोटाले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राजीनामा माग गर्नुभएको हो ।
एमसीसी जुनसुकै अवस्थामा पनि पारित हुने भन्दै अमेरिकाले चाह्यो भने एक घन्टामा सुलेमानी बनाइदिन्छ भन्ने अभिव्यक्ति आपत्तिजनक रहेको राजिनामा माग गरेको बताइएको छ । प्रवक्ता बास्कोटाले एमसीसीको विषयमा गत बिहीबार गलत हल्ला फैलाइएको बताउँदै अमेरिकाले चाह्यो भने जुनसुकै कुनामा पनि क्षेप्यास्त्र प्रहार गर्न सक्ने बताउनुभएको थियो ।

nema
Show More

Related Articles

Back to top button