समाचार

लकडाउनलाई कडाई गर्न सप्तरीमा सेना परिचालन

प्रदेश २ को सप्तरीका विभिन्न चार ठाउँमा नेपाली सेना परिचालन गरिएको छ । लकडाउन लाई सहयोग गर्न सेनाले गस्ती सुरु गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले जानकारी दिनुभयो । सेनाले राजविराज, हनुमाननगर, रूपनी र कल्याणपुरमा गस्ती गरेको हो ।
 
नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति अभाव भएपछि सेना परिचालन गर्नु परेको ठाकुरको भनाई छ । सुरक्षाकर्मीको अभाव भएपछि नेपाल प्रहरी एक सय जना र सशस्त्र प्रहरीका ३२ सुरक्षाकर्मी पठाइदिन गृहमन्त्रालयसँग माग गरिएको उहाँको भनाई छ । लकडाउनका बेला स्थानीय बासिन्दा जथाभावी हिँडेपछि सुरक्षाकर्मीहरू सडकमा परिचालन गर्नुपरेको हो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button