समाचारसमाज

इद मनाउने क्रममा महोत्तरीमा झडप, १० जना घाइते

महोत्तरी – महोत्तरीमा इद मनाउने क्रममा झडप हुँदा १० जना घाइते भएका छन् । बुधबार बिहान लोहारपट्टि नगरपालिका वडा नम्बर ३ मा पर्ने मदरसामा नवाज पढ्नको लागि जम्मा भएको समयमा भएको झडपमा परि १० जना घाइते भएका हुन् ।
झपडमा परिणत हुँदा नवाज पढन गएका ४ महिला, ५ पुरुष र १ जना वालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । यसभन्दा अगाडि मंगलबार त्यो मदरसामा मौलवी ९धर्मगुरु० राख्ने विषयमा स्थानीय बीचमा सहमति भएको थियो । तर बुधबार बिहान त्यसै विषयलाई लिएर एक समूहले अवरोध गर्दा विवाद शुरु भएको हो ।
स्थानिय राजपा र नेपाली कांग्रेसका पक्षधरले आ–आफना तर्फबाट मदरसामा मौलवी राख्ने विषयमा लामो समयदेखि विवाद कायम भएको थियो ।
घाइतेहरुको स्थानीयस्तरमा उपचार सम्भव नभएपछि जनकपुर अञ्चल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यता घटनास्थलमा जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोली पुगेर घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खडकाले जानकारी दिनुभयो ।
अवस्था तनावग्रस्त भएपछि प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । अहिले स्थिति सामान्य बन्न लागेको प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button