समाचार

पूर्वराज्यमन्त्री आलमप्रति शोक प्रस्ताव पारित गर्दै संसद बैठक भोलिसम्मको लागि स्थगित

३१ असार, काठमाडौं । प्रतिनिधिसभाको आइतवारको बैठक प्रतिनिधिसभाले पूर्वसांसद तथा पूर्वराज्यमन्त्री मोहम्मद मुस्तक आलमप्रति शोक प्रस्ताव पारित गरेसंगै सोमवारसम्मको लागि स्थगित भएको छ । आइतबार बसेको बैठकले आलमको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
उनको निधनमा प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव पारित गर्दै समवेदना प्रकट गरेको छ । मौन धारण गरेपछि संसद बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
 
आलम २०७० सालमा तत्कालिन मधेसी जनअधिकार फोरमको तर्फबाट रौतहट जिल्ला, क्षेत्र नम्बर २ बाट संविधानसभामा निर्वाचित भएका थिए ।
नेपाल कम्युनिष्ट पार्टीका सदस्य आलमको ५३ बर्षको उमेरमा बाँसवासी स्थित गंगालाल अस्पतालमा हृदयरोगको उपचारको क्रममा असार २९ गते बेलुका पौने ७ बजे निधन भएको हो ।संसदमा शोक प्रस्ताव पारित गरेको बैठकमा अन्य विषयमा छलफल नगर्ने प्रचलन छ ।

nema
Show More

Related Articles

Back to top button