समाचार

कोरोना भाइरसबारे जानकारी गराउन ’कल सेन्टर’

३० फागुन, काठमाडौैँ÷ सरकारले कोरोना भाइरसबारे नागरिकलाई जानकारी गराउन आजबाट ’कल सेन्टर’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेका अनुसार कोरोना भाइरसबारे नागरिकको चासो र गुनासो सुन्न यस्तो सेवा सुरू गर्न लागिएको हो ।
कसैलाई कोरोना भाइरसबारे केही जान्न मन लागे १४१५ नम्बरमा कल गर्न सकिने पाण्डेले बताउनुभयो । उहाँले कल सेन्टरलाई २४ सैं घन्टा सञ्चालनमा ल्याइने जानकार समेत दिनुभएको छ । अब कसैले आफूलाई औषधी र अस्पतालबारे जानकारी लिन चाहे कल सेन्टरबाट लिन सक्नेछ । पाण्डेका अनुसार कोरोना भाइरसबाहेक अन्य चासो पनि कल सेन्टरमा फोन गरेर सोध्न सकिने बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button