breakingसमाचार

शोकप्रस्ताव पारित गदै प्रतिनिधिसभा बैठक स्थगित, प्रधानमन्त्रीको सम्बोधन शनिवार हुने

प्रतिनिभिसभाको आजको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनमा शोक प्रस्तव पारित गर्दै संसद बैठक स्थगित भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको दुई वर्षे कार्यकालको प्रगती विवरण संसदलाई जानकारी गराउने बताइएको थियो ।
 
शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित भएपछि ओलीले भोली बिहान ११ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित उपाध्यायको ५० वर्षको उमेरमा हाज निधन भएको हो ।

nema
Show More

Related Articles

Back to top button