breakingसमाचार

राष्ट्रियसभाको मतदान जारी, आजै नतिजा सार्वजनिक हुने

राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार, बिहान १० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा मतदान सुरु भएको हो । मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ ।
आयोगका अनुसार प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको छ । प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन र वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन मतदानस्थल तोकिएको छ । त्यसैगरी, गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ का मतदाताका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका मतदाताका लागि जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका मतदाताका लागि दीपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविबाट मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
५९ सदस्यीय राष्ट्रियसभाक १९ सांसद्को पदावधि यही फागुन २० मा समाप्त हुँदैछ । तीमध्ये राष्ट्रपतिबाट मनोनित एक जनाको पनि समयावधि सकिन लागेकाले आज १८ सिटका लागि चुनाव हुँदैछ । प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले राष्ट्रियसभा निर्वाचनमा मतदान गरिरहेका छन । चुनावी मैदानमा ६ दलका ४५ उम्मेदवार छन् । निर्वाचनको केही घण्टामै मतपरिणाम सार्वजनिक हुने आयोगले जनाएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button