breakingसमाचार

वीपी विचार राष्ट्रिय समाजको कपिलवस्तु जिल्ला कार्य समिति गठन

२ चैत, काठमाडौैँ÷ विपी विचार राष्ट्रिय समाज कपिलबस्तु जिल्ला कार्य समिति गठन गरी बिस्तार गरिएको छ । केन्द्रीय प्रतिनिधि शरद् भट्टराईको उपस्थितीमा कपिलबस्तु नगरपालिका वडा नं १ निवसी नेपाली काङ्ग्रेस महासमिति सदस्य रविन्द्रनाथ ठाकुरको सभापतित्व १७ सदस्यीय कार्यसमिति बिस्तार गरिएको हो ।
 
कार्यसमितिको उपाध्यक्षमा हरि पोख्रेल ,सचिव पदमा मोहम्मद वजिह अरसद, कोषाध्यक्षमा लक्ष्मी गुप्ता (शाव) र सहसचिव पदमा सर्जु नारायण चौधरी रहनु भएको छ । सदस्यहरुमा राजेश उपाध्याय, रजनिश राज आचार्य लगायत रहनुभएको वीपी विचार राष्ट्रिय समाज कपिलबस्तुले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button