breakingसमाचार

म माथिको आक्रमण सरकार र नेकपाको सुनियोजित थियो – कांग्रेस नेता डा. मिनेन्द्र रिजाल

पूर्वमन्त्री एवं नेपाली काँगे्रसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान सरकारकै कारण संवैधानिक ब्यवस्था धरापमा परेको आरोप लगाएका छन् । लोकतान्त्रिक विधिअनुसार चुनिएको वर्तमान सरकार कम्युनिष्ट राज्यसत्ता निर्माणमा केन्द्रीत भएको उनको दाबी छ । सबै मिलेर सरकारको प्रतिकार नगर्ने हो भने नेपालबाट संघीय लोकतान्त्रिक ब्यवस्थाको अन्त्य हुने नेता रिजालले स्पष्ट पारे ।
रेडियो अन्नपूर्ण नेपालको कार्यक्रम मुलप्रवाहमा कुराकानी गदै रिजालले गृहमन्त्रालयको नेत्रित्व अपराधिक मानसिकताबाट ग्रसित भएको दाबी गरेका हुन । तनहुँको रिसिङ गाउँपालिकामा आफूमाथि भएकोे आक्रमणप्रति लक्षित गदै उनले सरकारको निर्देशनमा घटना भएको स्पष्ट पारे । नेकपा कार्यकर्ताले गरेको आक्रमणको आफूले शसक्त प्रतिकार गरेको नेता रिजालको भनाई छ ।
पुरा अन्तरवार्ता सुन्न यहाँ क्लिक गर्नुहोला

nema
Show More

Related Articles

Check Also
Close
Back to top button