समाचार

फरक समूहको रगत चढाएपछि गंगालालमा एक बालिकाको मृत्यु

२३ वैशाख, काठमाडौैँ÷ काठमाडौैँको शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा शल्यक्रियाका क्रममा फरक समूहको रगत चढाएपछि पाँच वर्षीया बालिकाको मृत्यु भएको छ । मुटुको शल्यक्रिया गर्ने क्रममा अर्कै समूहको रगत चढाइएको दाबी गरिएकी सर्लाहीकी ५ वर्षकी आकृतिकुमारी साहको ज्यान गएको हो ।
ओ पोजेटिभ समूहको रगत आवश्यक पर्ने आकृतिको शल्यक्रियाका क्रममा चिकित्सकले ए पोजेटिभ रगत चढाएको परिवारको दाबी छ । परिवारले चिकित्सकीय लापरबाहीका कारण बालिकाको ज्यान गएको भन्दै उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । अस्पतालले भने घटनाको बारेमा छानबिन भइरहेको जनाएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button