समाचार

नेपाल भ्रमण बर्ष २०२० को अन्तराष्ट्रिय शुभारम्भ

२२ पुष, काठमाडौैँ÷ नेपाल भ्रमण वर्ष २०२० को अन्र्तराष्ट्रिय शुभारम्भ आज भएको छ । अष्ट्रेलियाको सिड्नीबाट औपचारीक रुपमा नेपाल भ्रमण वर्षको अन्तरराष्ट्रिय सुरुवात गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अस्टे«लियाका सिडनीबाट भ्रमण बर्षको उद्घाटन गर्नुभएको छ ।
मन्त्री भट्टराईले भव्य समारोहका बीच सिड्नीमा भ्रमण वर्षको शुभारम्भ गर्नुभएको हो । यसैबिच अन्य देशमा पनि दूतावास तथा दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत भ्रमण बर्ष शुभारम्भ कार्यक्रमको आयोजना गरिएको नेपाल भ्रमण वर्ष सचिवालयले जनाएको छ । राष्ट्रियरूपमा गत जनवरी १ बाट भ्रमण बर्षको सुरुवात गरिएको थियो । सरकारले भ्रमण वर्ष २०२० अभियानमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

nema
Show More

Related Articles

Back to top button