breakingसमाचारविचारवी पी विचार

एसियाली खेलकुदका लागि दोस्रो चरणको खेलाडी छनोट जारी

वैशाख ९ गते बसेको राखेप बोर्ड वैठकले एसियाली खेलकुदमा २३ खेल समावेश गर्ने निर्णय गरेको थियो ।

एसियाडका लागि सम्बन्धित खेल संघलाई नै खेलाडी छनोटको जिम्मा दिइएपछि पहिलो चरणको छनोट वैशाख तेस्रो साता सम्पन्न भएको थियो ।

पहिलो चरणमा एकल खेलतर्फ हरेक विधामा ४ जना र सामुहिक खेलतर्फ आवश्यक संख्याको दोब्बर खेलाडी छनोट गरी जेठ २४ गतेबाट प्रशिक्षण सुरु गरिएको थियो ।

एक महिनाको प्रशिक्षणपछि राखेपले दोस्रो चरणको छनोट गर्न निर्देशन दिएको हो । यसले प्रतिस्पर्धात्मक स्तर बढ्ने र राखेपको तयारी खर्च कटौतीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । पहिलो चरणको प्रशिक्षणमा ५ सय १४ जना खेलाडी र ६६ जना प्रशिक्षक सहभागी थिए ।

दोस्रो चरणको छनोटपछि एकल खेलतर्फ हरेक विधामा चारमध्ये दुई खेलाडी कटौती गरिनेछ । सामुहिक खेलतर्फ एक तिहाई संख्या कटौती गरिनेछ । ‘फुटबलमा ४० जनाले प्रशिक्षण लिइरहेका छन् भने १० जना कटौती हुनेछ, कवड्डी र भलिबलमा २४ जनाले प्रशिक्षण गरिरहेकोमा अब १८ जना हुनेछन् । ह्याण्डबलमा ३२ जनाले प्रशिक्षण गरिरहेकोमा अब २४ जना हुनेछन्,’ प्रवक्ता दाहालले भने ।

एसियाली खेलकुदमा नेपालले २३ खेलका १ सय ५० जना खेलाडी सहभागी गराउने निर्णय गरेको छ ।

एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराँते, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, ट्रायथोलन, उसु, आर्चरी, बास्केटबल, महिला कवड्डी, फेन्सिङ, महिला ह्याण्डबल, टेवलटेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन, पौडी र सुटिङ ।

nema
Show More

Related Articles

Back to top button